Showing posts with label Gazals. Show all posts
Showing posts with label Gazals. Show all posts

Sunday, September 10, 2017

गजल - छोड्नै पर्यो


आधा बाटो हिडेर साथ छोड्नै पर्यो
आँशु पिउदै हाँसेर दिल तोड्नै पर्यो

गन्तब्य थ्यो मेरो कहीं तिम्रो अन्त कहिँ
दोबाटोमा पुग्दा यात्रा मोड्नै पर्यो

थियौ एकल माली तिम्रो मन बागको
गुलाब ढाक्यो ऐंजेरुले गोड्नै पर्यो

न त तिमि एक्ली रह्यौ न त मेरी नै
मैले पनि अन्त नाता जोड्नै पर्यो

तिमि कोहीको म कोहीको भए पछी त
हाम्रो बिचमा सिमा रेखा कोर्नै पर्यो


Thursday, November 24, 2016

गजल- मान्छे

देउता बन्ने धुनमा ढुंगा बन्छ मान्छे पिधमा प्वाल परेको डुंगा बन्छ मान्छे
सबै चिज कब्जा गर्छु भन्दा भन्दै आफै धागो चुडिएको चंगा बन्छ मान्छे

राख्छ लक्ष फुलै फुलको शहर बसाउने

तर भिरमा ओइलाएको थुंगा बन्छ मान्छे

गर्दै दाबी शुद्द्ताको नमुना हुँ म

यथार्थमा प्रदुषित गङ्गा बन्छ मान्छे

निस्केको थ्यो दुनियाको द्वन्द मिलाउन

आफै भित्र भयानक दंगा बन्छ मान्छे



Thursday, December 31, 2015

गजल- धोकेबाज भएँ म



तिमीलाई माया गरेर सानु थाकिन कहिल्यै नि
दुइ डुंगा माथि यी दुइ पाउ राखिन कहिल्यै नि  

तिम्ले त भन्यौ सजिलैसंग धोकेबाज भएँ म
तिम्रो यादबिना जीवनको रथ हाँकिन कहिल्यै नि

न मैले अतित बिर्सन सक्छु न सम्झे सुख छ
स्वीकार्दै रहें तिखा ति आरोप भागिन कहियै नि

उद्देस्य हैन पुरानो घाउ कोट्याइ रहने
बसेको घर उजाड़नतिर लागिन कहिल्यै नि 


हिजोका दिन सम्झिदा आफ्नै परेली रुझाएँ
संयमित भए नैतिक सिमा नागीन कहिल्यै नि 

Thursday, July 30, 2015

गुरु महिमा

क, ख, ग, घ / ABCD चिनाउने तिमि 
ज्ञान प्राप्तिको दिप्य पथमा हिडाउने तिमि

गणितका अंक जस्तै उमेर ढल्दै जाँदा
बुझ्दै गा'छु मलाई 'म' बनाउने तिमि

मैन बत्तिको शिखा जस्तै बल्दै पग्लिएर
मलाई भर्न आफैलाई रित्याउने तिमि

गाली गर्थ्यौ, पिटथ्यौ कहिले रिसाउथ्यौ त्यस्तै 
तर प्रेमको डोरी कहिल्यै नछिनाउने तिमि 

दिलै देखि नमन गरें गुरुजन हरुलाई 
बाङ्गो टिङ्गो मलाई असल बनाउने तिमि 

(२०७२ सालको गुरु पुर्निमामा समस्त गुरुहरुमा समर्पित)



Tuesday, July 14, 2015

गजल: तिमि लाग्छौ खास किन ?


कटु बचन बोले पनि तिमि लाग्छ्यौ खास किन हातमा छुरा बोक्छ्यौ तर तिम्रै लाग्छ आस किन ?

धारिलो छ छुरा त्यो आँटिलो छ मन तिम्रो पार्छ्यौ मुटु चिरा तर तिम्रै लाग्छ विश्वास किन ?


थाह छ म ठोक्किएर टुक्रा टुक्रा हुन्छु एकदिन पत्थर तिम्रो दिलमा बस्न मन लाग्छ बास किन?


निर्मल थ्यौ, कोमल थ्यौ, दयाकी थ्यौ खानी तिमि कहाँबाट बन्यौ तिमि क्रुरताको दास किन ?


अरु खोज्छन प्रेम भित्र जीवन जिउने शुत्रहरु

मलाइ तिम्रै हातबाट बन्न मन छ लाश किन ?

Tuesday, June 2, 2015

पीउन छोडीदिएँ

नशा भित्र कृत्रिम जीवन जिउन छोडिदिएँ
अबदेखि मैले पनि पिउन छोडिदिएँ 

खुसी हुदा दुखः पर्दा बहाना थे पिउने
फाटेको मन मदिराले सिउन छोडिदिएँ 

सोची हेरें दलदलमा फस्दै रैछु आफै
सुन्दर जीवन प्यालामा रित्याउन छोडिदिएँ 

संघर्ष पो जीवन रैछ पिई भाग्नु कयरता
बोत्तल सामू पिडा बिसाउन छोडिदिएँ

लाग्थ्यो साथि बढ्ने गर्छन संगै पिईदिदा
मित्र खोज्न मधुशाला धाउन छोडिदिएँ

Tuesday, August 19, 2014

ए हजुर न्याय कहाँ छ?




मेरो शरीर भोगियो ए हजुर न्याय कहाँ छ?
भोग गर्ने नै जोगियो ए हजुर न्याय कहाँ छ?

म माथि उहि आइलाग्यो जबरजस्ती ग-यो गयो
बिटुलिएँ म, उ चोखियो ए हजुर न्याय कहाँ छ?

आशा गरेँ समाज र राजनिति मेरो साथमा होला
उल्टै उसलाई बोकियो ए हजुर न्याय कहाँ छ?

परिवारको साथ माँगे आवाज ठुलो गरुँ भनी
मेरै मुख छोपियो ए हजुर न्याय कहाँ छ?

पीडित सधै पीडामा पीडकलाई उन्मुक्ति
दण्डाहिनता रोपियो ए हजुर न्याय कहाँ छ ?


Sunday, April 21, 2013

म जनताको प्रश्न तिमि जनतालाई

मैले पनि नेताको जय जयकार नै गरिरहे ..... तर .........
नेताजी जय भन्छौ र जनता
फेरी नि भर्याङ्ग बन्छौ र जनता ?

आउदैछन् ति फेरी सपना बाड्न
रुदै आफ्नो पिडा कहन्छौ र जनता ?

हर कष्टबाट पार लगाइदिने
गुलिया बातमा बहन्छौ र जनता ?

जसलाई चुन्यौ उसैले तिम्रो
सुख ल्याउने दिन गन्छौ र जनता ?

उनीहरुले तिमीलाई बहक्याए भने
आफैं पुर्ने खाल्डो खन्छौ र जनता ?

कहिले पो उठ्छौ चीर निन्द्राबाट
कहिलेसम्म निर्धो रहन्छौ र जनता ?

Tuesday, February 12, 2013

मैले गर्ने प्रेम

एउटा गुलाब हातमा थमाई प्रेम गर्दिन म ,
आवरणमा रमाई रमाई प्रेम गर्दिन म ..

महसुस गर्न सके निसब्द नै प्रितसागर,
सब्द जालको पुच्छर समाई प्रेम गर्दिन म ...

आदि देखि अन्त्य सम्म अविरल छ यो,
बर्षमा एक दिवस मनाई प्रेम गर्दिन म...

कोहि पाउदा जित अनि गुमाउदा हार किन,
प्राप्तिलाई लक्ष्य बनाई प्रेम गर्दिन म....

बनाई दियो पुंजीबादले बस्तु पिरतिलाई ,
बजार भाउ झैँ मूल्य सुनाइ प्रेम गर्दी न म ..
 
-रमेश अधिकारी

Tuesday, October 30, 2012




तिमिसंग गरेका बाचा मैले कहाँ भुलेको छु र ?
मूल बाटो बिराएर अन्त कहाँ डुलेको छु र ?

तिम्रो दिल मा फुल्न सकिन र त के भयो
अरुको जीवनमा पनि मैले कहाँ फुलेको छु र ?

तिमि र म कुनै बेला साथी भन्दा माथि भएउ
तिम्रो जिन्दगीमा मैले आंधी कहाँ हुलेको छु र ?

समयले कठिन छनौट राखिदियो मेरो सामु 

के रोजे के छोडे भनि मैले कहाँ खुलेको छु र ?

छरप्रस्ट छन अतित हरु टुक्रिएको मुटुभरी
छरिएका यादहरु मैले कहाँ बटुलेको छु र ?

Wednesday, June 6, 2012

सपनीमा आयौ




आफ्नो हक लगाउन सपनीमा आयौ फेरी
सुसुप्त मन जगाउन सपनीमा आयौ फेरी

सामान्यकृत भईसकेथ्यो दिनमा भोक रातमा निन्द्रा
 भोक निन्द्रा भगाउन सपनीमा आयौ फेरी

मन खोलेर नत बोल्ने न हाँसोको शितल र्छर्ने
चुपचाप कुरा चपाउन सपनीमा आयौ फेरी

शिथिल थिए तनका चाह मनका कुना शुन्य त्यस्तै
चिसो देह रपाउन सपनीमा सपनीमा आयौ फेरी

स्मृतिमा त्रि्रो तस्वीर धुमिल हुदै थियो क्यारे
दिलमा याद छपाउन सपनीमा आयौ फेरी

व्यस्ततामा अल्मलिदै तिम्लाई भुल्दै थिएँ सायद
मुखमै नाम जपाउन सपनीमा आयौ फेरी

Thursday, May 3, 2012

एउटा सर्वसाधारण नेपालीको अपेक्षा


A family of Jumla

मैले धेरै के मागेँ र खान एक मानो देऊ
लाज छोप्न टालो एउटा ओत लाग्न छानो देऊ

सबैलाई समान शिक्षा शुल्क बिना स्वस्थ्य सेवा
निश्चित गरी लेखिएको संबिधानको पानो देऊ

भुमिहिनलाई जग्गा अनि दलितलाई आत्म सम्मान
कृषिलाई बैज्ञानिकता उन्नत बिउको दानो देऊ

हर जातिलाई पहिचान लोपोन्मुखलाई संरक्षण
मधेषीलाई नेपाली हुँ भन्ने अवशर सानो देउ

संघियता यस्तो देउ नेपाली झन एकजुट बनुन्
राष्ट्रियता सबल बनोस त्यस्तो एउता खामो देउ

रमेश अधिकारी

Wednesday, April 25, 2012

कहिले काहीं उदाश हुँदा गज़लका यस्ता हरफहरु पनि लेख्ने गर्छु



 गज़ल


सुख खोज्दा खोज्दै जीवन घाउ बन्छ कि त ?

आफ्नै घाटी रेट्ने क्रुर दाउ बन्छ कि त ?

आफ्नो बसमा छैन मनले जेजे चाह गर्यो 
मझधारमा माझी बिना नाउ बन्छ कि त ?

बहुमूल्य बनाउ भन्थें असल जिन्दगानी 
हिरा होइन खियाको झैं भाउ बन्छ कि त ?

सबैको आँखा को नानी बन्ने बल गर्दा 
देख्दा सबले भन्ने जाउ जाउ बन्छ कि त ?

मन को वस्ती शान्त शुन्दर बनाउने रहर 
डडेलो ले उजाडेको गाउँ बन्छ कि त ?

Wednesday, January 11, 2012

नयाँ वर्ष भनेर सबै जना उत्सब मनाइरहेको बेला मलाई भने एस्तो लगेर आयो.......

क्यालेन्डरका पाना संगै ढलीराछ जिन्दगी
केहि गर्ने सानो आशमा चलिराछ जिन्दगी

आज भोलि भन्दा भन्दै तेस्सै बिते कति वर्ष
दिन बितेकै पश्चतापमा जलिरछ जिन्दगी

गर्नु पर्ने धेरै थियो जोस जागर गुम्स्याईराख्दा
भर्भराउदो ज्वाला सरि जलिराछ जिन्दगी

लक्ष्य राख्छु ठुला ठुला पुग्नु पर्ने धेरै टाढा
बीच बाटोमै नपुग्दै लौ गलिराछ जिन्दगी ........................