
आँशु पिउदै हाँसेर दिल तोड्नै पर्यो
गन्तब्य थ्यो मेरो कहीं तिम्रो अन्त कहिँ
दोबाटोमा पुग्दा यात्रा मोड्नै पर्यो
थियौ एकल माली तिम्रो मन बागको
गुलाब ढाक्यो ऐंजेरुले गोड्नै पर्यो
न त तिमि एक्ली रह्यौ न त मेरी नै
मैले पनि अन्त नाता जोड्नै पर्यो
तिमि कोहीको म कोहीको भए पछी त
हाम्रो बिचमा सिमा रेखा कोर्नै पर्यो
No comments:
Post a Comment
Thank you very much for your valuable Comments !