कटु बचन बोले पनि तिमि लाग्छ्यौ खास किन हातमा छुरा बोक्छ्यौ तर तिम्रै लाग्छ आस किन ?
धारिलो छ छुरा त्यो आँटिलो छ मन तिम्रो पार्छ्यौ मुटु चिरा तर तिम्रै लाग्छ विश्वास किन ?
थाह छ म ठोक्किएर टुक्रा टुक्रा हुन्छु एकदिन पत्थर तिम्रो दिलमा बस्न मन लाग्छ बास किन?
निर्मल थ्यौ, कोमल थ्यौ, दयाकी थ्यौ खानी तिमि कहाँबाट बन्यौ तिमि क्रुरताको दास किन ?
अरु खोज्छन प्रेम भित्र जीवन जिउने शुत्रहरु
मलाइ तिम्रै हातबाट बन्न मन छ लाश किन ?
No comments:
Post a Comment
Thank you very much for your valuable Comments !