Thursday, July 30, 2015

गुरु महिमा

क, ख, ग, घ / ABCD चिनाउने तिमि 
ज्ञान प्राप्तिको दिप्य पथमा हिडाउने तिमि

गणितका अंक जस्तै उमेर ढल्दै जाँदा
बुझ्दै गा'छु मलाई 'म' बनाउने तिमि

मैन बत्तिको शिखा जस्तै बल्दै पग्लिएर
मलाई भर्न आफैलाई रित्याउने तिमि

गाली गर्थ्यौ, पिटथ्यौ कहिले रिसाउथ्यौ त्यस्तै 
तर प्रेमको डोरी कहिल्यै नछिनाउने तिमि 

दिलै देखि नमन गरें गुरुजन हरुलाई 
बाङ्गो टिङ्गो मलाई असल बनाउने तिमि 

(२०७२ सालको गुरु पुर्निमामा समस्त गुरुहरुमा समर्पित)



No comments:

Post a Comment

Thank you very much for your valuable Comments !