|
मैले पनि नेताको जय जयकार नै गरिरहे ..... तर ......... |
नेताजी जय भन्छौ र जनता
फेरी नि भर्याङ्ग बन्छौ र जनता ?
आउदैछन् ति फेरी सपना बाड्न
रुदै आफ्नो पिडा कहन्छौ र जनता ?
हर कष्टबाट पार लगाइदिने
गुलिया बातमा बहन्छौ र जनता ?
जसलाई चुन्यौ उसैले तिम्रो
सुख ल्याउने दिन गन्छौ र जनता ?
उनीहरुले तिमीलाई बहक्याए भने
आफैं पुर्ने खाल्डो खन्छौ र जनता ?
कहिले पो उठ्छौ चीर निन्द्राबाट
कहिलेसम्म निर्धो रहन्छौ र जनता ?
No comments:
Post a Comment
Thank you very much for your valuable Comments !