Thursday, December 31, 2015

गजल- धोकेबाज भएँ म



तिमीलाई माया गरेर सानु थाकिन कहिल्यै नि
दुइ डुंगा माथि यी दुइ पाउ राखिन कहिल्यै नि  

तिम्ले त भन्यौ सजिलैसंग धोकेबाज भएँ म
तिम्रो यादबिना जीवनको रथ हाँकिन कहिल्यै नि

न मैले अतित बिर्सन सक्छु न सम्झे सुख छ
स्वीकार्दै रहें तिखा ति आरोप भागिन कहियै नि

उद्देस्य हैन पुरानो घाउ कोट्याइ रहने
बसेको घर उजाड़नतिर लागिन कहिल्यै नि 


हिजोका दिन सम्झिदा आफ्नै परेली रुझाएँ
संयमित भए नैतिक सिमा नागीन कहिल्यै नि