Tuesday, August 19, 2014

ए हजुर न्याय कहाँ छ?




मेरो शरीर भोगियो ए हजुर न्याय कहाँ छ?
भोग गर्ने नै जोगियो ए हजुर न्याय कहाँ छ?

म माथि उहि आइलाग्यो जबरजस्ती ग-यो गयो
बिटुलिएँ म, उ चोखियो ए हजुर न्याय कहाँ छ?

आशा गरेँ समाज र राजनिति मेरो साथमा होला
उल्टै उसलाई बोकियो ए हजुर न्याय कहाँ छ?

परिवारको साथ माँगे आवाज ठुलो गरुँ भनी
मेरै मुख छोपियो ए हजुर न्याय कहाँ छ?

पीडित सधै पीडामा पीडकलाई उन्मुक्ति
दण्डाहिनता रोपियो ए हजुर न्याय कहाँ छ ?