Monday, May 21, 2012

बहिनीलाई जन्मदिनको सुभ–कामना !


निकट भविष्यकि Chartered Accountant बहिनि कृति

करिब ५ बर्ष अगाडी शुरुमा मेरी बिद्यार्थी र पछाडी मनले स्विकरिएकी मेरी बहिनि कृति प्रधान को १७ औं जन्म दिनको अबशर मा सुभकामना दिन मैले लेखेको पत्र..... त्यति बेला कृति भर्खर एस.एल.सी. को परीक्षामा बिशिस्ठ श्रेणीमा उत्तीर्ण भइ सबैको मनमा हर्षको संचार गर्दै थिइन्.... आज उनि चार्टर एकाउन्तेन्तको (Chartered Accountant) लिखित परीक्षा पास गरि इन्टरनशिप (Internship) गर्दै छिन.... केहि समय पछाडी नै उनि एक अब्बल चार्टर एकाउन्तेन्त बन्ने छिन्.... स्कूल देखि नै तीक्ष्ण कृतिको यो सफलताको यात्रामा म त्यतिनै खुशी छु जति उनि आफै छन्.... आज फेरी भन्न मन लागेको छ "कृति तिमीप्रति मलाई गर्व छ, सफलताको यो यात्रा अनबरत अगाडी बढीरहोस"


२०६४ भाद्र १३

प्यारी बहिनी कृति, 
धेरै धेरै बधाइ छ १६ बर्ष पार गरेकोमा

आज तिमी १७ औं बर्षमा प्रबेश गर्दै छौ । मेरो मनमा असंख्य शुभकामना भरिएको छ । म बझ्छु आफ्नी बहिनीको जन्म दिनमा एउटा दाजुका मनभित्रका यि भावहरु स्वभाविक छन् । तर कता कता यस्तो लाग्छ म अलिक बढि भावुक र खुशी छु । खुशी यसकारण कि म हिजोकी कृति जो भर्खर विद्यालयको पढाइमा ब्यस्त थिइ त्यसलाई होइन आजकी कृति जो फलामे गेटमा आफूलाई अत्यन्त सफल र उत्कृष्ठ सावित गरेर आफन्त र सुभचिन्तकहरुलाई खुशीको भकारी टक्राइदिएकी छ, त्यसलाई जन्मदिनको शुभकामना दिदै छु । र भावुक यसकारण कि कसैको जीवनमा बिरलै जुट्ने रगतको भन्दा पनि दरिलो नाता भावनात्मक रपमा स्विकारिएकी बहिनीको जन्मदिनको सुभ–कामनाका खाँतिर सब्दहरु खर्चदै छु ।

सत्य कृति त्यो नतिजा प्रकाशनको दिनमा खुशी हुनेहरुको भीडमा सायद म पनि अग्रपंतिमै थिँए । त्यो सफलतामा मेरो हर्षले तिम्रो जीवनमा कुनै अर्थ राखे पनि नराखे पनि म खुशी हुनत पाएनी होइन ? हो त्यस पल म अत्यन्त खुशी थिँए किनकी मैले देखेका असंख्य सपना मध्य जीवनमा पहिलोपटक एउटा सपना साकार भएको थियो त्यो दिन । त्यो सपना तिमीलाई आधार बनाएर देखेकाले सपनारुपी रथको सारथी तिमी थियौ । यहाँनिर त मैले धन्यवाद दिनु पर्ला सपनाको रथ सफलतापूर्वक यथार्थको स्टेशनसम्म ल्याइपु¥याइदिएकोमा । त्यसो त यो कुरा तिम्रा वास्तविक इश्वर बाबुआमाका हकमा अझ बढि लागू होला । म बुझ्छु अवश्य पनि एउटा सन्तानको सफलतामा असल बाबुआमा भन्दा बढि खुशी हुने संसारमा कोहि पनि हुनै सक्तैन । वास्तबमा त्यो दिन ति दुइ किसानले लगाएको बाली तिमी लहराऊदो र मनमोहक भएर फूलिदिएकी थियौ र सायद ति मिहेनती किसान त्यो फुलेको मनमोहक बालीलाई हेरेर साचेभन्दा बढि प्रतिफलको आशा गर्दै थिए । हो तिमी यतिबेला  मनमोहक र आकर्षक भएर फूलिदिएकी छ्यौ तिम्रा बाबुआमा रुपि किसानका आशा रुपि खेतहरुमा । तर फल लाग्न त अझै बाँकी नै छ । त्यसैले तिमी सचेत हुनुपर्दछ कि कतै ति लहराऊदा फूलहरु असिनाले नझारोस् र कतै यस्तो नहोस् फूलजति हिलोमा झरुन र बालीको नाँउमा एक दाना अन्न पनि घरभित्र नभित्रियोस् । म यो पत्र लम्ब्याउँदै छु यसकारण कि तिमी यो बुझ्न सक्षम होऊ, यो समाजमा धेरै सम्भावना बोकेका तिमीजस्तै फूलहरु झारेर बोट रित्याउने असिनाहरु बहुरप धारण गरेर बसेमा छन् । ति कति प्रष्ट वा स्थूल ९अयलअचभतभ० त कति अस्पष्ट वा सुक्ष्म ९बदकतचबअत० रुपमा यत्रतत्र सर्बत्र छन् । तिनलाई पहिचान गर्न सक्नु नै यतिबेलाको तिम्रो चूनौति हो ।

प्रथमतः त्यो असिना हाम्रो सामाजिक संरचना र यहाँ ब्याप्त असमानता नै हो । यहि सामाजिक संरचनाका कारण पारिजातकी ‘बोनी’ कसरी हिलोमा पोखिई र माटोमा बिलाई त्यसबारे तिमी अनबिज्ञ छैनौ । म तिमीलाई त्यहि अन्तत्वगत्वा अस्थित्वनामेट हुन बाध्य बोनी भएको देख्न चाहन्न । यदि बोनी झै यो बिकृत समाजको कुसंकारमा फँस्नु छ भने अहिल्यै जीवनलाई बिश्राम देऊ त्यो बरु सबैकालागि स्वकार्य हुनेछ । तिमीलाई याद छ बोनी उपन्यासमा पारिजातले बोनीलाई सम्बोधन गरेर लेखेको एउटा वाक्य ? “तिमी आँफूभन्दा माथिकालाई आँफू सरह बनाउन खोजिनौ बरु आँफूपनि उनिहरु भएतिरै उक्लन खोज्यौ”। हो यहि एउटा वाक्य याद गरिरह्यौ र आफ्नो बर्गिय हैसियत अनुशार आफ्नो जीवनशैलीलाई समायोजन गर्न सक्यौ भने, म विश्वस्थ छु तिम्रा बाबुआमा जो परिजात हुन यतिबेला र तिमी जो बिग्रनु पूर्वकी बानी हौ, यि दुबैले उपन्यासको अन्तिम तिरकी बोनी र पारिजातको नियति भोग्नुपर्ने छैन ।

उसो त तिमी आफै बुझकी छ्यौ । “घाँटी हेरी हाड निल्नु” भन्ने नेपाली उखानलाई सारमा बुझकी छ्यौ । तैपनि जीवनको यो सत्र बर्षे उमेरमा बिभिन्न उत्सुकताहरुले मनभित्र अनेक छालहरु ल्याइदिन्छन् र थोरै मात्र चुकियो भने तिनै प्रदुषित छालमा जीवन लहरिन कत्तिबेर हुदैन । यसर्थ म चाहन्छु तिमी समयको छालमा लहरिन होइन समयलाई आफ्नो अनुकूल हिडाउन यत्नशिल हुनेछ्यौ । कम्तीमा तिमी आफ्ना अविभावकको पसिनाको कदर गरी उनिहरुप्रति बफदार हुनेछ्यौ र आफ्नी बहिनीको लागि आदर्श दिदी भई मार्गदर्शक बन्नेछ्यौ । आफ्ना अविभावकले थापेको ‘नाङ्गले पसललाई लात मारेर सुपरमार्केटमा सपिङ्ग गर्न’ जानेछैनौ बोनी झैँ ।

कृति ! आज म काठमाण्डौ भइन, तिम्रो जन्मदिनमा प्रत्यक्ष भेटेर शुभकामना दिने ईच्छा पुरा गर्न सकिन वा भनौ त्यो अवशरबाट बञ्चित भएँ । तर फोनमै सहि मैले त्यो इच्छा पुरा त गरेँनी ? र सायद मैले बाचा पनि गरको छु कि उपहारका साथमा  कुनैदिन म आफै उपस्थित हुनेछु शुभकामनासहित तिम्रा सामुमा । मैले तिमीलाई दिन चाहेको उपहार लेखक मोदनाथ पश्रितको “नारी बन्धन र मुक्ति” नामको किताब हो । भलै यसका लेखक यतिबेला राजनैतिक हिसाबले जुनसुकै कित्तामा किन नहोउन, किताब भने पठनिय र मननयोग्य छ । मरो चाहना छ फुर्सदको समय निकालेर यो पुस्तक तिमी अद्योपन्त पढ्ने छ्यौ र नेपाली समाजको बिकासक्रम र त्यसमा नारीको स्थानका बारेमा सामान्य जानकारी हासील गर्नेछ्यौ । 

अन्त्यमा जीवनमा तिमीले देखेका हरेक सपनाले एकमुष्ट रुपमा यथार्थको रुप धारण गरी तिम्रो सफलताको ढोका ढक्ढक्याउन आईपुगुन र ति यथार्थलाई संगालेर निसंकोच आफ्नो पोल्टामा सजाउन सक, एकपटक फेरि जन्मदिनको असंख्य सुभ–कामना र साथमा उज्वल भविश्यको सदिक्षा पनि ल !!!

                                                            
तिम्रो दाजु
रमेश अधिकारी
बमजष्पबचष्कmष्त२नmबष्।िअयm



Monday, May 7, 2012

रुपचन्द्र, थाहा र अठ्ठा जोकर


रुदानेको शालिकको पैताला मुनि
चार माना माटोसंग
तेरो नाता प-यो भनेर 
माटोको भाँडाले तँसित
दोस्ती सोस्ती ग-यो भनेर
बसिस कैद गमलामा
सिङ्गै पृथ्वीलाई छोडेर 

यी हरफहरु गमलामा कैद भएको फुललाई झपार्दै लाखिएका हुन् जो आज एउटा भिमकाय शालिकको मुन्तिर शिलालेखमा कुँदेर राखिएका छन् । रुपमा त यी हरफहरुले फुललाई लक्षित गरेका छन तर सारमा यीनले ति तमाम शोषित, पिडितहरुलाई ब्युँझन आग्रह गर्छन जसले आफ्नो कष्टकर र सिमित जीन्दगीलाई कर्मको खेल सम्झदै बिबेधरहित उन्मुक्त आकाशको कल्पना सम्म पनि गर्दैनन् । त्यसैले यी हरफहरु शोषित पिडितहरुलाई मुक्तियात्रमा अगाडि बढ्न र आफ्नो कष्टकर जीवनको जड ‘थाहा’ पाउन अपिल गर्दछन् । 

सगुनको चुस्की लिदै हामी
शालिक रुपचन्द्र बिष्ट(रुदाने, रुपसे)को हो । स्थानः दामनस्थित बिकास घरको प्राङ्गण । उनका बारेमा पढ्न थालेपछि रुपचन्द्र बिष्टको ‘फ्यान’ बनेको मैले यसपाली उनको जन्मथलो जाने अवशर पाएँ । मेरो आत्मीय भाई र प्रिय साथी रुप तामाङ्गको कुल पुजामा सरिक हुन म सहित ६ जना साथीहरुको डफ्फा यसपाली मकवानपुर गएका थियौं । धादिङ्ग र मकवानपुरको सिमाना भन्दा केहि पर रहेको तारुका हो रुप भाईको गाउँ । ५ दिने पुजाका  अन्तिम दिन हामी निम्त्याईएका थियौं । कलंकीबाट बस चढि नौबिषे पुगेपछि प्रकृतिलाई नजिकबाट स्पर्ष गर्न भन्दै हामी (म, सन्तोष, विजय, दामोदर र गोविन्द) बसको छतमा उक्ल्यौं । सरोज भने तलै सिटमा बस्ने भए । तारुका पुगेर बसबाट झर्दै गर्दा सरोजलाई गिज्यायौं – घरबारे मान्छे छतमा बसेर ‘रिस्क’ लिन चाहेनन् । हुनपनि ६ जनाको टिममा उनिमात्र बिवाहित थिए । रुप भाइृको घरमा पुगेपछि ‘सगुन’ले स्वगत गरियो हामीलाई । जीवनमै पहिलोपटक दामोदरले सगुन (स्थानिय रक्सी) को चुस्की लिए । घरबारे सरोजले भने सगुन नपिउने भन्दै मकैको छ्याङ्गमै आफूलाई सिमित गरे । सगुन पानपछि खाना आयो । अघिको सगुन पञ्चामृत जस्तै थोरै भएको भन्दै फेरी ‘एक लट’ सगुन खाने सहमति अनुरुप खानासंगै घुट्क्याइयो एक एक बटुका, सरोज बाहेकले । खानाको तृप्ती र सगुनको मन्द रिमझिमसंगै दामन जाने योजना पास भयो । सबै जना तम्तयार भएपछि रुप भाई हामीलाई ‘गाईड’ गर्न तयार भए । ७ भाई बाटोमा उक्ल्यौं र गाडी आउँदै छ कि भनेर टाढा–टाढा सम्म नजर बिछ्यायौं । कुनैबेला काठमाण्डौ छिर्ने एकमात्र सडक (बाईरोड) सुनसान थियो । पर धादिङ्गको सिमानामा एउटा मिनी ट्रक देखा प-यो । एकछिन अघि आएको एउटा ट्रकले नरोकेपछि आईरहेको मिनी ट्रकलाई जसरी पनि रोक्ने ‘प्लान’ ग-यौं । रुप भाइले सडकको विचमै उभिएर ट्रक रोके । 

ट्रक यातना
ट्रकको यातनामा पानी हाँस्न सकेका हामी
बिरलै मर्मत गरिने बाईरोडको बाटो (यसलाई त त्रिभूवन राजपथ भन्छन क्यारे) मा किनेदखि कहिल्यै मर्मत नगरेको झैं देखिने मिनी ट्रकमा हामीले यात्रा शुरु ग-यौं । लगभग सबै ‘नटवल्ट’ खुस्किनमात्रै बाँकी रहेको ट्रक आकाश गर्जेझैं हुँइकियो । ट्रकका पाटा पाटा हल्लिन थाले । डोरिमा समातेर उभिएका हामी कहिले देब्रे त कहिले दाहिने पाटोमा ठोक्किन थाल्यौं । एकले अर्काको आवाज सुन्ने कुराको त कल्पनै गर्न सकिन्नथ्यो । ट्रकको ‘बडी’ यस्तो जोड जोडले स्वर मच्चाउँदै थियो कि हाम्रो आवाज त समुन्द्रमा खसेका पानीका थोपा सरी बिलाईरहेका थिए । उता दामोदर भने कानमा ‘एयर फोन’का ठेडी कोचेर बसेका थिए । परबाट अर्को गाडी आयो भने साइड दिन वरै रोकेर बस्दा ट्रक एकैछिनलाई शान्त हुन्थ्यो । त्यहि मौका छोपेर सरोज बोले, “काठमाण्डौ गएर कानको जाली नै फेर्नुपर्ला जस्तो छ हाउ साथीहरु”। गाडि चलेपछि सन्तोषले थपे, “के को कानको जाली मात्रै नि , सरिर पुरै सर्भिसिंग गर्नुपर्ने भईसक्यो यहाँ ।” यात्रा जतिसुकै पीडादयी नै किन नहोस बिरलै गाडी चल्ने बाईरोटको बाटोमा ‘टाइममै’ त्यहि ट्रक भएपनि पाईएकोमा हामी दङ्ग थियौं । करिब ४५ मिनटको ट्रक यातना पछि हाम्रो डफ्फा पालुङ्ग (दामन) पुग्यो । 

रुदानेको शालिक र बिकास घर
रुदाने को शालिक मुनि म
दामन झर्ने बित्तिकै म भने केटाकेटी जस्तै रुप भाइलाई रुदानेको शालिक पु-यादिन जिद्दि गर्न थालेँ । कम बाल्ने तर ओठमा सधै मुस्कानको गुलाब फुलाईरहने रुपले बाँयातर्फ इशारा गर्दै भन्यो, “हेर्नुस तिनै हुन तपाँईका रोल मोडल”। ए हो त ! मेरा अगाडि एउटा बलिष्ठ मान्छेको शालिक उभिएको थियो । छाती धक्क फुलेर आयो, शीर श्रद्दाले निहुरियो । हातमा हाते माइक, सलक्क परेको जर्सी कोट र पाइन्टमा सजिएको त्यो शालिक मेरा रोल मोडल रुपचन्द्र बिष्टको थियो । शालिक उभिएको ‘बेश’का चारै पाटामा मार्वलमा  शिलालेख (मार्वल लेख भन्नुपर्ला सायद) कुँदिएका थिए । जाँदाजादै देखिने पाटामा रुदानेको संक्षिप्त जीवनी र अन्य पाटामा उनका चर्चित भनाइहरु कुँदिएका थिए । विकास घर, जो पालुङ्गको गा.वि.स भवन पनि हो, काठमाण्डौका सरकारी भवनभन्दा राम्रो थियो । पञ्चायत कालमा नै बनाइएको उक्त भवनको नामाकरण उनै रुदानेले गरेका थिए रे । पञ्चायतको नाम जोडिनै पर्ने स्थानिय निकायलाई उनले आफ्नै लवजमा नामाकरण गरेका थिए रे । “साढे २ बजे अन्तिम गाडि आउँछ है दाई” रुप भाइको उद्घोषसंगै करिब २० मिनेटको फोटो सेसन पछि रुपचन्द्रको त्यो शालिकलाई स्यालुट गरेर हामी पुन सडकमा उक्ल्यौं । केहिबेर दामनको आलुवारी अवलोकन ग-यौ । वर्षै पिच्छे आलु महोत्सव गर्ने मेरो गाउँ हेमजा भन्दा धेरै आलु खेती देखे मैले । दामनमा खेती योग्य जमिनमा घर थिएनन् । ‘हाइवे’मा ठुलो बजार थिएन । पाखामा झुम्म  परेका वस्ति देखिन्छन् पालुङ्गमा । 

रमेश तामाङ्गको रुपचन्द्र गाथा
ठ्याक्कै 2:३० बजे १५ सिटे गाडी आयो । सिट पाउनु त कता कता बसभित्र त खुटा टेक्ने ठाँउ पनि थिएन । यसै त छतमा बस्न लालाइत हामी भित्र भिड भएपछि छत तिरै लाग्यौ । गोविन्दले  अघिदेखी साँचेर राखेको पाइलट चुरोट सल्कायो । छतमै भेटिए रमेश तामाङ्ग । काठमाण्डौमा ट्राभल एजेन्सी खोलेका र गाउँमा प्लान नेपालको ‘लोकल पार्टनर’ संस्था एभ्ब्ऋभ् ल्भउब िचलाउने रमेश चाखलाग्दा व्यक्ति रहेछन् । हरेक बाक्यमा अग्रेजी शब्द मिसाएर बोल्न खप्पीस रमेशलाई रुदानेको बारेमा केहि त थाहा होला –मेरो मन मच्चियो । रुपचन्द्रका बारेमा आँफुले पढेका भन्दा थप तथ्य खुल्लान भन्ने आशा सहित कुरा शरु गरेँ आलुबाट ।  “भाइ राम्ररी काम गर्ने परिवारले वर्षमा कम्तीमा ५ लाख कमाउछ आलुबाट”– रमेशले तथ्याङ्क  सहित प्रष्ट पारे । मैले मनमनै हिसाब गरेँ वर्षमा करिव १५ करोडको आलु निर्यात गर्ने मेरो गाँउ हेमजा भन्दा बढि नै कमाउछ क्याहो दामनले ! आलु प्रसंग पछि खुलेका रमेशलाई दाइको साइनो लगाउँदै रुपचन्द्र विष्ट तर्फ मोड्न म सफल भए । रुपचन्द्रको प्रसंग उठ्ने वितिकै अनुहार तेजिलो पार्दै उनले पहिलो वाक्य बोले “व्यवहारमै कम्युनिष्ट हो नि भाई उ त ।” हो त त्यसैले त उनि मेरा लागि रोल मोडल बनेका । त्यसपछि रमेश दाईले रुदानेसंग जोडिएका किस्साको पोकै फुकाले, कति मैले सुनेका र कति मेरा लागि नयाँ पनि । “उनी त सबैलाई तँ र भाते भन्थे ।” उमेरले ४० को हाराहारी लाग्ने रमेश दाई बोल्दै थिए । “पर्चा बेच्थे २० पैसामा ,छातीमा ‘थाहा’ लेखेको मात्रै १५ पैसा लिन्थे । ” हामी ध्यानमग्न भएर सुनेको चाल पाएपछि उनि झन हौसिए । “तपाइँहरुले अघि हेरेको विकास घर बनाउँदा ढुङ्गा बोक्न लगाएर त हो नी उसकी श्रीमतीले रुपचन्द्रलाई छोडेर गएकी” मैले त सुनेको थिएँ आफ्नै घर बनाउदा ढुङा बोक्न लगाएकोले डिग्री पढेकी राणा खानदानकी उनकी श्रीमतीले छाडेकी रे । तर कुरा अर्कै आयो । आफै ढुङा बोक्ने माटो मुछ्ने रुदाने भन्ने गर्थे रे “श्रम गरेर मान्छे सानो हुदैन, डिग्रीको सर्टिफिकेट त केहि पनि हैन बरु त्यो त कागजको खोस्टो यदि त्यसले मान्छेलाई श्रमबाट अलग गर्छ भने” । आफैं बि.एल. र प्राकृतिक चिकित्सा बिज्ञानमा स्नातक रुदानेको यो भनाई के कार्ल माक्र्सको ‘बुर्जुवा शिक्षा’को आलोचना भन्दा कम छ र ?
रमेश दाई अगाडि भन्दैछन् । एकपटक रुपचन्द्रको ठूलो चर्चा सुनेपछि राजा महेन्द्रले भेट्न बोलाएछन् । दरबारको गेटमा गेट पालेले राकेपछि रुदानेले कारण सोधेछन् । रजिस्टर पल्टाउदै पालेले “महाराज १५ मिनेट बिजी होइसिन्छ, त्यस पछाडि तपाँईको पालो” भनेछ । रुदाने १५ मिनट गेटमै कुरेर बसेछन । १५ मिनटपछि गटपालेले भित्र जाने आग्रह गर्दा ‘१५ मिनेट अगाडिसम्म राजा ब्यस्त थिए म फुर्सदिलो तर अब राजा फुर्सदिला भए, म ब्यस्त छु भनिदिनु’ भन्दै रुदाने त फरक्क फर्केर पो हिडेछन् । मैले मनमनै भनेँ, “शक्तिका पुजारी अहिलेका हाम्रा राजनितिक पार्टिहरुका लागि यो प्रसंगले प्ररणा दिनुपर्ने होईन र ?” उता रमेश दाई बोल्दै छन् । त्यसरी रुदाने फक्र्यो रे भन्ने सुनेपछि राजाले फेरी अर्को दिन बोलाएछन् । द्धार पालेले रुदानेले बोक्ने बोराको झोला भित्र लैजान नमिल्ने भनेपछि ३० मिनेटजति झगडै गरेर भएपनि झोला लगिछाडेछन् । दरबारमा पुगेपछि राजा महेन्द्रले भने रे, ‘तिम्रो धेरै चर्चा सुनेँ , तिमी के चाहन्छौ, म के गर्न सक्छु तिम्रा लागि?’ रुपचन्द्रले जवाफ दिए रे, ‘तपाँई केहि गर्न सक्नुहुन्न मेरो लागि, म त देशमा अठ्ठा जोकर बनाउन चाहान्छु ।’ अठ्ठा जोकर ? म अचम्ममा पर्दै प्रश्न गरेँ । मेरो नादानीपनलाई खिस्याउँदै रमेश दाइले भने – भाई तासको खेलमा अठ्ठा जोकर हुनलाई सत्ता पल्टिनु पर्छ । हो कि होइन ? ओ हो ! बल्ल पो बुँझे रुपचन्द्रले त राजालाई नै सत्ता पल्टाउन चाहान्छु भनेर धम्क्याएछन् । मनमनै सोचेँ राजा महेन्द्रले कसरी बुझेहुन् रुपचन्दरुको अठ्ठा जोकरलाई ? उता रमेश दाई भने मलिन अनुहार लाउँदै भन्दै थिए “तर भाई त्यस्तो हक्की मान्छेलाई उनको जीवनको उत्तरार्धमा समाजले बहुला समेत भन्यो । उनका सहयोगीहरुले उनकै नाम बेचेर के के गरे गरे ।” मलाई जिज्ञासा उठ्यो के के पो गरेछन् हँ ? रुपचन्दको झै कुटिल भाषमा रमेश दाईले जवाफ दिए, “अठ्ठा जोकर बनाउन चाहाने रुपचन्द्रका चेलाहरुले देशमा सत्ता पल्टेपछि धेरै ‘माल’ हात पारे ।” अलि अलि बुझेँ कि झै लाग्यो । उनका सहयोगी भनिनेहरु कोहि हेटौंडामा करोड पति त कोहि काठमाण्डौमा अरवपति छन् रे ।  
२०६२–६३ पछि देशमा ‘अठ्ठा जोक्कर’ त भयो तर सत्ता तिनका लागि पल्टेन जो रुपचन्द्र बिष्टकै भाषमा ‘झुप्राबासी’ हुन, जो फुल जस्तै गमलामा कैद भएर बसेका छन् । कसैले पनि तिनलाई गणतन्त्रले के दियो भनेर ‘थाहा’ दिएनन् । जीन्दगीभरी ‘अठ्ठा जोकर’ बनाउन जनताले ‘थाहा’ पाउनु पर्छ भनी हिड्ने रुदाने आज दामनको सालीकमा खुम्चिन पुगेका छन भने उनले नै ब्यूँझएर जीबनको लक्ष ‘थाहा’ पाएका भनिएका उनका सहयोगीहरु आज करोड र अरबमा खेल्ने भैसके । तर, रुदानेको थाहा आज ‘बिकास घर’को प्राङ्गणभित्र उनकै शालिकको पैतालामुनी मार्वलको ‘शिलालेख’मा कैद भएर बसेको छ, उनले फुललाई गाली गरेर लेखेका माथि प्रस्तुत कबिताका हरफहरु जस्तै ।
बेलुकीको तारुका बसाईं
–रमेश अधिकारी

Thursday, May 3, 2012

एउटा सर्वसाधारण नेपालीको अपेक्षा


A family of Jumla

मैले धेरै के मागेँ र खान एक मानो देऊ
लाज छोप्न टालो एउटा ओत लाग्न छानो देऊ

सबैलाई समान शिक्षा शुल्क बिना स्वस्थ्य सेवा
निश्चित गरी लेखिएको संबिधानको पानो देऊ

भुमिहिनलाई जग्गा अनि दलितलाई आत्म सम्मान
कृषिलाई बैज्ञानिकता उन्नत बिउको दानो देऊ

हर जातिलाई पहिचान लोपोन्मुखलाई संरक्षण
मधेषीलाई नेपाली हुँ भन्ने अवशर सानो देउ

संघियता यस्तो देउ नेपाली झन एकजुट बनुन्
राष्ट्रियता सबल बनोस त्यस्तो एउता खामो देउ

रमेश अधिकारी