सुनसान
रातको सन्नाटालाई चिर्दै गल्लीतिर कुकुरको कोकोहोलो मच्चिरहेको छ । यदाकदा
मोटर चलेको आवाजले कुकुरको हल्लालाई साथ दिइरहेकै छ । म झ्यालको पर्दा
उघारेर निश्चल आकाशमा चाादीको भकुण्डो सरी चम्किरहेको चन्द्रमा हेर्दै
त्यसमा कसैको आकृति बनाइरहेको छु । त्यो त्यस्तो आकृति जो मेरो अतितमा
प्रिय थियो र अब मात्र कल्पनामा मसंग छ । मन एकाग्र छ । निकै बर्षसम्म
आाधिहुरी बोकेर द्वन्दमा फसेको मन आज एकमग्न हुदा ममा अनौठो अनुभूतिको
सञ्चार भइरहेको छ । मोटर र कुकुरको भुकाइका आवाज मनको एकाग्रतामा संगीत
भरिरहेका छन् । मैले भनेनी चन्द्रमामा कसैकोे आकृति कोर्दै छु । साना साना
नशालु आखा, स्पष्ट फराकिलो निधार, हिमचुली झै सेता दन्तलहर हाँस्दाखेरी
अस्पष्ट तर आकर्षक खाल्डो पर्ने गालाहरु, चुम्बनको तृप्ति मेटाउने खालका
ओठहरु यि सबै बनाउन भ्याउछु म त्यो कल्पनाको आकृतिमा । अब मनमोहक छोटो कपाल
भर्न थाल्दछु आकृतिमा । एक पाटो त भर्छु कुम कुम सम्म झारेर तर जब अर्को
पाटो भर्ने सुर कस्छु, एउटा कारुणिक आवाजमा मेरो कल्पनाको लहर ठोक्किन्छ र
टुट्छ स्मृतिको निरन्तरता ।
अहो
! कति चर्को, कारुणिक र पिडा मिश्रति आवाज ? मेरो ध्यान पुरै खिच्दछ त्यो
आवाजले । मेरा कान त्यो आवाज पछ्याउनमा ब्यस्त हुन्छन् अब । यस्तो लाग्छ
आवाज मेरो छेउमै आउदैछ र लाग्छ छोप्दैछ मलाई त्यो आवाजले । केहिबेरको
रुवाई, अलिबेरपछि हाँसो अनि एकैछिनमा छट्पटाहट, लौन कस्तो अनौठो आवाज ! जब
आवाज एउटा अस्तब्यस्त आकृति संगै मेरो कोठाको समिपमै आईपुग्छ, म बल्ल
ठम्याउछु आवाज उनै कबिको रहेछ । हो त आवाज त तिनै असन्तुलित कविकै हो ।
धेरै समयको अन्तरालपछि कवि मेरो कोठाछेउ आएर आफ्ना असंगठित कविता बाचन
गर्दैछन् ।
काठमाण्डौ
कोठा कोठाभित्र निदाइसकेको छ । कवि भर्खर जागेका छन् । धेरैपटक सुनेको छु
ति कविका अकविताहरु मैले । उनका अकविताहरु सधैजसो छेउछाउमा सुतिसकेका
मान्छेहरुलाई गरिएका गाली त्यसमा आफ्नै ताली अनि भुस्याहा कुकुर, आफ्नै
अगाडिको पर्खाल र बिजुलीको खम्बा प्रतिको आक्रोशले भरिएका हुन्छन् । तर
अचम्म आज उनका अकविताहरुको विषयबस्तुमा आमूल परिबर्तन छ । उनको आजको
अनियन्त्रित मन्तब्य आक्रोशले त भरिएको छ तर सदाका झै खम्बा, कुकुर, पर्खाल
र निदाइसकेका मेरा टोलबासीप्रति हैन एउता निश्चित ब्यक्तिप्रतिको गुनासो
सहितको आक्रोश ।
दुनियाको
नजरमा बहुला तर मेरो बुझाइमा कवि त्यो निर्भिक मान्छे बोल्दै छ, बस्
बोल्दै छ । उ भन्छ, "म कसरी निष्ठुरी र लाक्षी हुन सक्तछु , कसैलाई
गहिराइमा नबुझि यसो भन्न पाइन्छ ?
पाइन्छ ?
हैन किन कोहि बोल्दैन ?
पाइन्छ भनेको ?
कि जसलाई जे भन्न पनि छुट छ यो दुनियामा ?
कि म अचानो हु जति चोटपनि सहनुपर्ने ?
प्रश्न
सिलसिलाबद्ध नभए पनि मार्मिक लागे मलाई । मलाई थाह छैन संसाझै निदाइसकेको
काठमाण्डौले सुन्यो कि सुनेन ति मार्मिक प्रश्नहरुको बिश्रृखलित सृंखला ।
तर मरो मुटमा भने अन्तर गहिराई सम्म पुग्न सफल भए ति । अब म यि प्रश्नहरुका
बारेमा गम्दै सोचमग्न छुु ।
ढक्रक्क आवाज !
मेरो
ध्यानमग्नता पुन झयाल बाहिरतिर दौडन्छ । लौन मेरा कवि त खम्बामा टाउको
ठोक्दै रुदैपो छन् । केहि बेरको रुवाई पछि रक्ताम्य टाउको उठाएर उनि फेरि
बोल्छन्-
"के
दुनियामा बोलेर मात्रै प्रेम हुन्छ ? अब्यक्त प्रेम, के त्यो सम्भव छैन यो
समाजमा ? ओइ समाज किन बोल्दैनस् ? साला सब सुतिसकेछन्, भुस भइसकेछन् "
म
चिन्तित भएँ सबै सुतेको थाह पाएर उनले कतै आफ्ना अकविताको बाचन सिलसिला नै
टुङ्गयाउलान कि भनेर । वरिपरिका सबै आजित भइसक्दा पनि मैले चाहिन कि उनि
चुप लागुन् । यो यस अर्थमा कि सधै अश्लिल शब्दमा तथानाम गाली गलौजका वाक्य
ओकल्ने उनका ओठहरुबाट आज उनि भित्र दन्किरहेको ज्वालामूखिको लप्का
निस्किइरहेछ । यस्तो लागिरहेछ उनि आज रित्तिन चाहन्छन मनभित्रको पिडा
बिसाएर । त्यसैले सबै सुतेका छैनन् भन्ने भेउ दिन कृतिम रुपमा खोकिदिन्छु म
। बिचबाटोमा घोप्टी परेका मेरा कवि धङ्गधडाउदै उठ्छन् र मेरो झ्यालपट्टि
फर्केर फेरी बोल्छन्-
" तिमी सुन्दैछौ ? "
मलाइ
लाग्यो आफ्ना बिलौना सुनिदिने कोहि चाहन्छन उनि । म कोठाबाट कौसीमा
निस्कन्छु । उनि हाँस्छन् " ओइ काठमाण्डौ देखिस मलाई पनि सुन्ने कोहि छ ।
तिमी भन त भाइ म मरो बाध्यतामय भूमरीमा परेको बेला मौन रहन पाउछु कि पाउदिन
? "
जुनको मधुरो प्रकाशमा मुन्टो हल्लाउछु पाउछौ भन्ने संकेत दिन ।
" बास् पाउछु होईन ? अनि कसरी म लाक्षी भए ? "
अब
भने ममा प्रतिक्रिया दिने ल्याकत हराउछ । के भनौ, कसरी भनौ । म
अन्तरद्धन्दमा फस्छु । म उनका प्रश्नलाई बेवास्ता गर्न पनि त सक्तिन किनकी
तिनले मलाई छोएका छन अन्तरमनको गहिराईमा । म त्यो सडकमा (वहुला) कवि होईन
आफूलाई देख्छु । देख्छु विचबाटोमा बसेर म चिच्याईरहेको छु, खम्बामा टाउको
ठाकिरहेको छु । मलाई लाग्यो मैले पनि होस गुमाईसके अब सायद । उता कबि
बोल्दैछन् "कति निकृष्ठ छ यो दुनिया । प्रेम पनि भनेर गर्नुपर्ने । कस्तो
देखावटी र भ्रामक समाज यो, प्रेम जस्तो पबित्र चिजमा पनि समयसिमा हुने ।
भाइ ! भनत प्रेममा पनि यतिबेला भनेको भए हुन्थ्यो अब ढिला भइसक्यो भन्ने
हुन्छ ?" उत्तर को अपेक्षा सहित प्रश्नको बाण हान्छन् म माथि उनि । तर बाण
उत्तर लिएर र्फकनुको साटो मलाई नै अर्धमूर्छित बनाउदै मुटुमा गडेर बस्छ ।
आखिर म पनि ठ्याक्कै त्याहि प्रश्न बोकेर निर्जर जीवन ब्यथित गर्दैछु कहि
समय यता । लागिरहेछ कतै यि कवि मेरा प्रश्न मलाई नै सोधेर मरो घाउमा नुनचुक
छर्दै त छैनन् ?
म
कोठामा फर्केर पर्दा बन्द गरी बत्ती निभाउछु । कविले पत्थर मार्छन् मेरा
झ्यालउपर । दुईचार पत्थरले पनि केहि नलागे पछि उनको आवाज टाढिदै गयो, सायद
उनि हिडे । उनि त हिडे तर मेरो मनमा ज्वारभाटा उठाएर हिडे । जतन गरेर बन्द
गरीराखेको अतितको पर्दा उघि्रयो । सम्झन थाले ति दिन । सानु थिई अतितको
काहानीकी नायिका । उ नाच्न थाली मेरो स्मृतिमा । छाटो कद, छोटै कपाल, सेतो
वर्ण, हरियो कुर्ता सलवार र हसिलो मुहार । लौन अघि मैले चन्द्रमामा बनाएको
आकृति जस्तै ! मेरो मुटु चिरिने गरी हाास्न थाली ऊ । एकैछिन नाची, केहिबेर
हाासी र आखिरीमा दाहिने हात हल्लाउदै क्षितिज पारी पुगीहाली । म रन्थनिए,
छट्पटाए । भित्रभित्रै निश्सासिए म । लामो श्वास तानी ठूलो आवाज निकालेर
बोलाउन मन लाग्यो, सानु....!!!!!!!!! तर सकिन । बाक्यै फुटेन । रातको यो
सन्नाटामा त्यति ठूलो आवाजमा बोलाउन त अघिको कवि हुनुपर्दछ ।
बल्ल
बुझे मेरा कवि किन पागल भएको नाटक गर्दैछन् । सध्य भएर रातिमा चिच्याउन
नमिलेर नै सायद उनि पागल भएको अभिनय गर्दैछन । तैपनि चिच्याउन मन लागेर
आयो । यसपाली त चिच्याउनै आटेको थिए, फोनको घण्टी बज्यो ।
उठाउन
चाहिन काटिदिए । पुन अतितको श्रृंखलालाई जोड्न चाहे, बिफल भए ,सकिन । फेरी
घण्टी बज्यो । यसपाली भने उठाए । फोन बाल्यो, खाना खायौ । मनमा शितल भएर
आयो । आवाज प्रियाको थियो । यो त प्रिया थिई, त्यो सानु होईन जसले मेरो
अब्यक्त प्रेमलाई बुझ्न सकिन जसको बुझाइमा प्रेममा पनि समय सिमा हुन्छ । यो
आवाज त प्रियाको थियो जो प्रेमलाई जीवन ठान्छे र कसैको भावनालाई
टुक्र्याउनु उसको जीबनलाई बर्बाद पार्नु हो भन्छे ।अब म उसलाई सानुझै म
गुमाउन चाहन्नथे अब्यक्त प्रेमको ज्वालामूखि बोकेर । प्रियालाई सानु बन्न
दिन्न भन्ने निश्चय गरी मनको सागर उनिसामु छताछुल्ल बनाउने अठोट गरेको छु ।
अघि एक्लो बहुला कविभित्र आफूलाई पाउने म अहिले सोचिरहेछु म एक्लो छैन ।
समाप्त
रमेश अधिकारी (अधिकारी स्मित)
हेमजा-६, सुइखेत, कास्की
हाल अनामनगर ३२- काठमाडौँ
adhikarismit@gmail.com
No comments:
Post a Comment
Thank you very much for your valuable Comments !