Sunday, May 31, 2009

प्रधानमन्त्री बनेपछि माधव नेपालले गरे आमाको श्राद्ध

आमा बितेका बेला किरिया गर्न र प्रधानमन्त्री बन्न नपाएका माधव नेपालका लागि पाँच वर्षपछि दुवै संयोग जुरेका छन् । प्रधानमन्त्री बनेपछि उनले शुक्रबार भाइहरुसँग मिलेर आफ्नै निवास कोटेश्वरमा आमाको श्राद्ध गरेका छन् । नेपालकी आमाको निधन ०६१ जेठमा भएको थियो जतिबेला तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापाले राजीनामा गरेपछि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बन्ने दाबी पेस गर्न आन्दोलनरत पाँच दललाई आब्हान गरेका थिए ।काँग्रेसले आन्दोलन जारी राख्ने निर्णय गरे पनि एमालेले प्रतिगमन आधा सच्चिएको भन्दै तत्कालीन महासचिव नेपाललाई प्रधानमन्त्री बनाउन नारायणहिट दाबी पेस गरेको थियो । तर राजाले दलहरुबीच मतैक्य नभएको भन्दै शेरबहादुर देउवालाई प्रधामन्त्री बनाएका थिए । प्रधानमन्त्री भएपछि बुधबार मात्रै वालुवाटार गएका नेपाल आमाको श्राद्ध गर्न भने निजी निवास कोटेश्वर पुगेको थिए । नेपालकी आमाको श्राद्धको प्रसाद कांग्रेस, फोरम, तमलोपा र सद्भावनाका नेताहरुले पनि खाए ।
प्रधानमन्त्री ज्यु अब हजुरबाबु र जिजु बाजेको पनि स्राद्द गर्नुभए पनि हुन्छ / तपैंलाई कसैले पनि केहि भन्दैन किनकि सबैले बुझिसके कि तपाई कम्युनिस्ट भन्दा बढी प्रतिक्रियाबादी कित्ता तिर झुकाब राख्नु हुन्छ /
साभार: नया पत्रिका

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !