Monday, February 15, 2010

दुइवोटा नेपाल : कोहीलाई उपचार गर्न इर अम्बुलेंस कोहीलाई नाइलनको डोरी

उपचार गर्न नसक्दा सामूहिक आत्महत्या
उपचार खर्च जुटाउन नसक्दा रुकुमको एक विपन्न परिवारकी छोरी र उनका वृद्ध आमाबाबुले सामूहिक आत्महत्या गरेका छन् ।
भलाक्चा १ का ७० वषर्य दलबहादुर ओली, उनकी ६८ वषर्ीया श्रीमती कली र २७ वषर्ीया छोरी तुलसाले आइतबार बेलुका झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन् ।तुलसा लामो समयदेखि छारे रोगबाट पीडित भएको र उनको उपचारमा धेरै खर्च भएपछि ऋण तिर्न नसकेर आत्महत्या गरेको गाउँलेले बताए । आमा कली पनि पटकपटक बिरामी हुने गरेको र आर्थिक अभावकै कारण उपचार गर्न नसकिएको छोरा देविलालले बताए । 'स्थानीयस्तरमा धेरै उपचार गरियो तर सञ्चो हुन सकेन । उपचार गर्दागर्दै धेरै खर्च भएपछि जिल्लाबाहिर जान सक्ने अवस्था थिएन,' छोरा देविलाललाई उद्धृत गर्दै रुकुमका प्रहरी नायब उपरीक्षक होमजंग चौहानले भने, 'बेलाबेला यस्तो अवस्था हुनुभन्दा मर्न पाए हुन्थ्यो भन्थे । हामीहरू घरमा नभएको मौका पारी यस्तो गरेछन् ।' स्थानीय भागिमान बुढाथोकीका अनुसार छोरी तुलसाको उपचारमा यो विपन्न परिवारले एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको थियो । तैपनि उनलाई निको नभएकामा बाबुआमा निकै पिरोलिएका थिए । उपचारका लागि धामीझाँक्रीदेखि सबैखाले उपाय गरिसक्दा पनि प्रयास व्यर्थ भएपछि ओली दम्पती विक्षिप्तजस्तै बनेको उनले बताए । 'छोरीको उपचार गर्न नसकेका कारण उनीहरू पागलजस्तै भएका थिए,' स्थानीय कली ओलीले भनिन्, 'केही गर्दा पनि निको नभएपछि आज यस्तो गरेछन् ।'
कलीका अनुसार तुलसाका बाबु एक साताअघि छोरीलाई भारतको दिल्ली लैजाने तयारीमा थिए । त्यसका लागि उनी आफ्नो घरमा पैसा सापटी माग्न आएको उनले बताइन् । छारे रोगकै कारण तुलसाको बिहे हुन नसक्दा आमाबुबा निराश भएको देविलालले बताए ।
तीनै जनाले घरनजिकैको चिउरीको रूखमा झुन्डिएर आत्महत्या गरेका थिए । आमाछोरी नजिकैको हाागामा एउटै खाले भिमलको डोरी र बुबा अलि माथिल्लो हाागामा छुट्टै खाले डोरीमा झुन्डिएको प्रहरी नायब उपरीक्षक चौहानले बताए । 'आमाछोरीले पहिले र बाबुले पछि आत्महत्या गरेजस्तो देखिन्छ,' उनले भने, 'अन्य चोटपटकको कुनै संकेत छैन ।'
पाँचजनाको यो परिवारका माहिलो छोरा आर्थिक अभावकै कारण रोजगारीका लागि भारत गएका थिए । जेठो छोरा देविलाल ससुरालीमा गएको मौका पारेर तीन जनाले आत्महत्या गरेको छिमेकीहरू बताउँछन् । उनीहरूले यसअघि पनि पटकपटक आत्महत्या प्रयास गरेको थाहा भएको छ ।
तीनै जनाको शव सोमबार जिल्ला अस्पताल सल्लेमा पोस्टमार्टम गरी छोरा देविलाल र छिमेकीहरूलाई बुझाइएको छ । उनीहरूले दाहसंस्कारका लागि शवहरू आफ्नै गाउँतर्फ लगेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1 comment:

  1. very sad news. keep on posting man. good job

    ReplyDelete

Thank you very much for your valuable Comments !