

कीर्तिपुरमा अखिल क्रान्तिकारी विजयी
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी विजयी भएको छ। क्रान्तिकारीका महासचिव हिमाल शर्माले नेतृत्व गरेको प्यानलले सहसचिव र एक सदस्यबाहेक १३ पदमा जित हासिल गरेको छ। शर्माले २ हजार ७ सय ६९ मत प्राप्त गरेका छन्। उनका निकट्तम प्रतिद्वन्द्वी अन्जान लामाले २ हजार २ सय ८७ मत प्राप्त गरे। त्यसैगरी अनेरास्ववियुका विदुर सुव्वाले २ हजार ७८ मत प्राप्त गरेका छन्। क्रान्तिकारीबाट विजयी पदाधिकारीमा उपसभापतिमा रमेशकुमार दर्जी, सचिवमा मानुषी यमी भट्टराई र कोषाध्यक्षमा दुर्गादवी धामी छन्। सचिवमा विजयी भएकी मानुषीले सबैभन्दा बढी ३ हजार ६६ मत प्राप्त गरेकी छिन्। सदस्यमा क्रान्तिकारीका अनिल प्रसाईं, वसन्तकुमार मिश्र, ठाकुर गुरुड, सुष्मा अधिकारी, मेनुका सुब्बा, सन्दीप अधिकारी, रत्नबहादुर बुढा, यमनाथ गिरी र इन्द्रबहादुर भण्डारी विजयी भएका छन्। नेविसङ्घले २ पदमा मात्र जितेको छ। नेविसङ्घका प्रितम गुरुङले सहसचिव र माया घर्तीले सदस्यमा जितेका छन्।
hey revolutionist ramesh!
ReplyDeletehappy to meet u after a long time. and your post about election have informed me alot.