Sunday, January 18, 2009

माओवादी र एकताकेन्द्र-मसाल बीच ऐतिहासिक एकता

  • पार्टी नाम : एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
  • एक सय बीस सदस्यीय केन्द्रीय समिति

गणतन्त्र नेपालका दुई ठूला क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूबीच सोमबार एकता भएको छ । दश वर्षे सशस्त्र जनयुद्धको कुशल नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी -माओवादी) र राजतन्त्रविरोधी शान्तिपूर्ण संघर्षमा सबै राजनीतिक दलहरूलाई समन्वयकारी भूमिका निर्वाह गर्न सफल भएको नेपाल कम्युनिष्ट पार्टी -एकताकेन्द्र-मसाल)बीच भएको यो एकताले नेपालमा कम्युनिष्टहरूको एउटै केन्द्र निर्माण गर्ने अभियानको सुरुवात भएको छ । । साथै यो एक्ताले नेपाली नयाँ जनवादी क्रान्तिलाई सफलतासम्म पुर्‍याउन सक्षम हुने विश्वास क्रान्तिकारी कम्युनिष्टहरूले गरेका छन् ।

यो एकताको सन्देश विश्वभरि फैलिएपछि विश्वभरिका क्रान्तिकारीहरूमा नयाँ आशा र उत्साह थपिनेछ । साथै वाम विश्लेषकहरूका अनुसार संशोधनवाद र सुधारवादमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई टुटफुट गरिरहेको साम्राज्यवादको यो एकताबाट निद हराम हुने छ । सिद्धान्त र विचारधारामा समानता भएका सच्चा कम्युनिष्ट पार्टीहरूबीच एकता र ध्रुवीकरण हुनु वर्तमानको अपरिहार्य आवश्यकता पनि हो । यो एकताले विभिन्न समूहमा रहेका सच्चा कम्युनिष्टहरूलाई एउटै साझा केन्द्रमा आउन प्रेरणा मिल्नेछ ।

नेकपा -माओवादी) र नेकपा -एकताकेन्द्र-मसाल)बीच एकता भएपछि अब पार्टीको नाम एकीकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी) भएको छ । र, यो पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद-लेनिनवाद-माओवाद- माओविधारधारा हुने भएको छ । पूर्व नेपाल कम्युनिष्ट पार्टी -माओवादी)ले संश्लेषण गरेको नेपाली क्रान्तिको विशिष्ट विचार श्रृंखला 'प्रचण्डपथ’ अब पार्टीको आन्तरिक बहसको विषय बनाइने निर्णय यसअघि नै माओवादीले गरिसकेको छ ।

एकीकृत नेकपा (माओवादी)को केन्द्रीय समिति

एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा पूर्व नेकपा (माओवादी)बाट अध्यक्ष प्रचण्ड, डा.बाबुरा भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, पोष्टबहादुर बोगटी, सीपी गजुरेल, देव गुरुङ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, नन्दकिशोर पुन, चन्द्रप्रसाद खनाल, जनार्दन शर्मा, राम कार्की, गोपाल किराती, हरिबोल गजुरेल, अग्नि सापकोटा, पम्फा भुसाल, हिसिला यमि, हितराज पाण्डे, लेखराज भट्ट, देवेन्द्र पौडेल, खड्गबहादुर विश्वकर्मा, मातृका यादव, हरिभक्त काडेल, धर्मेन्द्र बास्तोला र इन्द्रमोहन सिग्देल हुनुहुन्छ भने पूर्व एकताकेन्द्र-मसालबाट महासचिव प्रकाश, नरबहादुर कर्माचार्य, अमिक शेरचन, स्वनाम, गिरिराजमणि पोखरेल, दिलबहादुर श्रेष्ठ, निनु चापागाईं, भीमप्रसाद गौतम र लीलामणि पोखरेल, घनश्याम शर्मा पौड्याल, विश्वनाथ साह, रामकुमार यादव, दीपबहादुर योन्जन, धर्मचन्द लावती, विश्वभक्त दलाल -आहूति), ईश्वरी भट्टराई, शशी श्रेष्ठ, प्रहृलाद बुढाथोकी, कमानसिंह लामा, डिआर पौडेल, कर्णध्वज केसी, पेशल खतिवडा, राजु खड्का, किसन शर्मा, प्रकाश पोखरेल, अन्जना विशंखे, धावा लामा, जगत कार्की र माधव कोइराला रहनुभएको जनाइएको छ ।

यसैगरी पूर्व नेकपा -माओवादी)ले थप गरेका केन्द्रीय सदस्यहरूमा एन.के. प्रसाई, हर्षबहादुर शाही, जीतवीर लामा, केशव नेपाल, कृष्ण केसी, भीमबहादुर कडायत, सर्वोत्तम डंगोल, टीका हमाल, भरत बम, कृष्णध्वज खड्का, रेखा शर्मा, हिमाल राई, जयपुरी घर्ती, सन्तोष बुढामगर, रामचरण चौधरी, पूर्ण घर्ती, श्रीराम ढकाल, ध्रुव पराजुली, गंगा कार्की, सूर्य सुवेदी, सन्तु दराई, नारायण दाहाल, वामदेव क्षेत्री, अमृता थापामगर, यशोदा सुवेदी, खगराज भट्ट, भक्तबहादुर शाह, चन्द्रहरि सुवेदी, सुरेश आलेमगर, ईश्वरी दाहाल, दिनेश शर्मा, अनिल शर्मा, गंगा श्रेष्ठ, दिलिप प्रजापति, महेश्वर दाहाल, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, दीपेन्द्र पुन, सरला रेग्मी, टेकबहादुर बस्नेत, महेश्वर गहतराज, गणेशमान पुन, कमला रोका, तेजबहादुर वली, कालीबहादुर खाम, झक्कु सुवेदी, जोखबहादुर महरा, धनबहादुर मास्के मगर, रामप्रसाद बन्जाडे, डोरप्रसाद उपाध्याय, उमा भुजेल, हरि अधिकारी, श्रीनाथ अधिकारी, पुष्पविक्रम मल्ल, भक्ति पाण्डे, हितबहादुर तामाङ, कृष्णप्रसाद सापकोटा, कुमार दाहाल, पवनमान श्रेष्ठ, प्रभु साह, कृष्णदेव सिंह, श्रवण यादव, पदम राई, गौरीशंकर खड्का, सावित्रीकुमार कापले, टंकबहादुर आबुहाङ, विकेश श्रेष्ठ, ओनसरी घर्ती रहेका छन् । यसमा अझै थप हुने सम्भावना छ ।

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !