Sunday, July 9, 2017

गजल- तश्विर

घोत्लिएर म पाउ-देखि शिर हेर्छु
नाइँ ! ऐना हैन तिम्रो तश्विर हेर्छु

तिमि छौ र त जीवन रंगिन छ
गदगद हुँदै आफ्नो तक्दिर हेर्छु

नछुट्ने गरी कोहि बाँधोस दुबैलाई
कल्पन्छु जब कतै जन्जिर हेर्छु

सबैतिर राता गुलाबै गुलाब छन्
खण्डहरमा नि प्रेमको मन्दिर हेर्छु

बादल पनि तिम्रो आकृति बनाउछ
उन्मुक्त भै जब आकाशतिर हेर्छु

२०७३ असार २५ 

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !