रुदानेको शालिकको पैताला मुनि |
तेरो नाता प-यो भनेर
माटोको भाँडाले तँसित
दोस्ती सोस्ती ग-यो भनेर
बसिस कैद गमलामा
सिङ्गै पृथ्वीलाई छोडेर
यी हरफहरु गमलामा कैद भएको फुललाई झपार्दै लाखिएका हुन् जो आज एउटा भिमकाय शालिकको मुन्तिर शिलालेखमा कुँदेर राखिएका छन् । रुपमा त यी हरफहरुले फुललाई लक्षित गरेका छन तर सारमा यीनले ति तमाम शोषित, पिडितहरुलाई ब्युँझन आग्रह गर्छन जसले आफ्नो कष्टकर र सिमित जीन्दगीलाई कर्मको खेल सम्झदै बिबेधरहित उन्मुक्त आकाशको कल्पना सम्म पनि गर्दैनन् । त्यसैले यी हरफहरु शोषित पिडितहरुलाई मुक्तियात्रमा अगाडि बढ्न र आफ्नो कष्टकर जीवनको जड ‘थाहा’ पाउन अपिल गर्दछन् ।
सगुनको चुस्की लिदै हामी |
शालिक रुपचन्द्र बिष्ट(रुदाने, रुपसे)को हो । स्थानः दामनस्थित बिकास घरको प्राङ्गण । उनका बारेमा पढ्न थालेपछि रुपचन्द्र बिष्टको ‘फ्यान’ बनेको मैले यसपाली उनको जन्मथलो जाने अवशर पाएँ । मेरो आत्मीय भाई र प्रिय साथी रुप तामाङ्गको कुल पुजामा सरिक हुन म सहित ६ जना साथीहरुको डफ्फा यसपाली मकवानपुर गएका थियौं । धादिङ्ग र मकवानपुरको सिमाना भन्दा केहि पर रहेको तारुका हो रुप भाईको गाउँ । ५ दिने पुजाका अन्तिम दिन हामी निम्त्याईएका थियौं । कलंकीबाट बस चढि नौबिषे पुगेपछि प्रकृतिलाई नजिकबाट स्पर्ष गर्न भन्दै हामी (म, सन्तोष, विजय, दामोदर र गोविन्द) बसको छतमा उक्ल्यौं । सरोज भने तलै सिटमा बस्ने भए । तारुका पुगेर बसबाट झर्दै गर्दा सरोजलाई गिज्यायौं – घरबारे मान्छे छतमा बसेर ‘रिस्क’ लिन चाहेनन् । हुनपनि ६ जनाको टिममा उनिमात्र बिवाहित थिए । रुप भाइृको घरमा पुगेपछि ‘सगुन’ले स्वगत गरियो हामीलाई । जीवनमै पहिलोपटक दामोदरले सगुन (स्थानिय रक्सी) को चुस्की लिए । घरबारे सरोजले भने सगुन नपिउने भन्दै मकैको छ्याङ्गमै आफूलाई सिमित गरे । सगुन पानपछि खाना आयो । अघिको सगुन पञ्चामृत जस्तै थोरै भएको भन्दै फेरी ‘एक लट’ सगुन खाने सहमति अनुरुप खानासंगै घुट्क्याइयो एक एक बटुका, सरोज बाहेकले । खानाको तृप्ती र सगुनको मन्द रिमझिमसंगै दामन जाने योजना पास भयो । सबै जना तम्तयार भएपछि रुप भाई हामीलाई ‘गाईड’ गर्न तयार भए । ७ भाई बाटोमा उक्ल्यौं र गाडी आउँदै छ कि भनेर टाढा–टाढा सम्म नजर बिछ्यायौं । कुनैबेला काठमाण्डौ छिर्ने एकमात्र सडक (बाईरोड) सुनसान थियो । पर धादिङ्गको सिमानामा एउटा मिनी ट्रक देखा प-यो । एकछिन अघि आएको एउटा ट्रकले नरोकेपछि आईरहेको मिनी ट्रकलाई जसरी पनि रोक्ने ‘प्लान’ ग-यौं । रुप भाइले सडकको विचमै उभिएर ट्रक रोके ।
ट्रक यातना
ट्रकको यातनामा पानी हाँस्न सकेका हामी |
बिरलै मर्मत गरिने बाईरोडको बाटो (यसलाई त त्रिभूवन राजपथ भन्छन क्यारे) मा किनेदखि कहिल्यै मर्मत नगरेको झैं देखिने मिनी ट्रकमा हामीले यात्रा शुरु ग-यौं । लगभग सबै ‘नटवल्ट’ खुस्किनमात्रै बाँकी रहेको ट्रक आकाश गर्जेझैं हुँइकियो । ट्रकका पाटा पाटा हल्लिन थाले । डोरिमा समातेर उभिएका हामी कहिले देब्रे त कहिले दाहिने पाटोमा ठोक्किन थाल्यौं । एकले अर्काको आवाज सुन्ने कुराको त कल्पनै गर्न सकिन्नथ्यो । ट्रकको ‘बडी’ यस्तो जोड जोडले स्वर मच्चाउँदै थियो कि हाम्रो आवाज त समुन्द्रमा खसेका पानीका थोपा सरी बिलाईरहेका थिए । उता दामोदर भने कानमा ‘एयर फोन’का ठेडी कोचेर बसेका थिए । परबाट अर्को गाडी आयो भने साइड दिन वरै रोकेर बस्दा ट्रक एकैछिनलाई शान्त हुन्थ्यो । त्यहि मौका छोपेर सरोज बोले, “काठमाण्डौ गएर कानको जाली नै फेर्नुपर्ला जस्तो छ हाउ साथीहरु”। गाडि चलेपछि सन्तोषले थपे, “के को कानको जाली मात्रै नि , सरिर पुरै सर्भिसिंग गर्नुपर्ने भईसक्यो यहाँ ।” यात्रा जतिसुकै पीडादयी नै किन नहोस बिरलै गाडी चल्ने बाईरोटको बाटोमा ‘टाइममै’ त्यहि ट्रक भएपनि पाईएकोमा हामी दङ्ग थियौं । करिब ४५ मिनटको ट्रक यातना पछि हाम्रो डफ्फा पालुङ्ग (दामन) पुग्यो ।
रुदानेको शालिक र बिकास घर
रुदाने को शालिक मुनि म |
दामन झर्ने बित्तिकै म भने केटाकेटी जस्तै रुप भाइलाई रुदानेको शालिक पु-यादिन जिद्दि गर्न थालेँ । कम बाल्ने तर ओठमा सधै मुस्कानको गुलाब फुलाईरहने रुपले बाँयातर्फ इशारा गर्दै भन्यो, “हेर्नुस तिनै हुन तपाँईका रोल मोडल”। ए हो त ! मेरा अगाडि एउटा बलिष्ठ मान्छेको शालिक उभिएको थियो । छाती धक्क फुलेर आयो, शीर श्रद्दाले निहुरियो । हातमा हाते माइक, सलक्क परेको जर्सी कोट र पाइन्टमा सजिएको त्यो शालिक मेरा रोल मोडल रुपचन्द्र बिष्टको थियो । शालिक उभिएको ‘बेश’का चारै पाटामा मार्वलमा शिलालेख (मार्वल लेख भन्नुपर्ला सायद) कुँदिएका थिए । जाँदाजादै देखिने पाटामा रुदानेको संक्षिप्त जीवनी र अन्य पाटामा उनका चर्चित भनाइहरु कुँदिएका थिए । विकास घर, जो पालुङ्गको गा.वि.स भवन पनि हो, काठमाण्डौका सरकारी भवनभन्दा राम्रो थियो । पञ्चायत कालमा नै बनाइएको उक्त भवनको नामाकरण उनै रुदानेले गरेका थिए रे । पञ्चायतको नाम जोडिनै पर्ने स्थानिय निकायलाई उनले आफ्नै लवजमा नामाकरण गरेका थिए रे । “साढे २ बजे अन्तिम गाडि आउँछ है दाई” रुप भाइको उद्घोषसंगै करिब २० मिनेटको फोटो सेसन पछि रुपचन्द्रको त्यो शालिकलाई स्यालुट गरेर हामी पुन सडकमा उक्ल्यौं । केहिबेर दामनको आलुवारी अवलोकन ग-यौ । वर्षै पिच्छे आलु महोत्सव गर्ने मेरो गाउँ हेमजा भन्दा धेरै आलु खेती देखे मैले । दामनमा खेती योग्य जमिनमा घर थिएनन् । ‘हाइवे’मा ठुलो बजार थिएन । पाखामा झुम्म परेका वस्ति देखिन्छन् पालुङ्गमा ।
रमेश तामाङ्गको रुपचन्द्र गाथा
ठ्याक्कै 2:३० बजे १५ सिटे गाडी आयो । सिट पाउनु त कता कता बसभित्र त खुटा टेक्ने ठाँउ पनि थिएन । यसै त छतमा बस्न लालाइत हामी भित्र भिड भएपछि छत तिरै लाग्यौ । गोविन्दले अघिदेखी साँचेर राखेको पाइलट चुरोट सल्कायो । छतमै भेटिए रमेश तामाङ्ग । काठमाण्डौमा ट्राभल एजेन्सी खोलेका र गाउँमा प्लान नेपालको ‘लोकल पार्टनर’ संस्था एभ्ब्ऋभ् ल्भउब िचलाउने रमेश चाखलाग्दा व्यक्ति रहेछन् । हरेक बाक्यमा अग्रेजी शब्द मिसाएर बोल्न खप्पीस रमेशलाई रुदानेको बारेमा केहि त थाहा होला –मेरो मन मच्चियो । रुपचन्द्रका बारेमा आँफुले पढेका भन्दा थप तथ्य खुल्लान भन्ने आशा सहित कुरा शरु गरेँ आलुबाट । “भाइ राम्ररी काम गर्ने परिवारले वर्षमा कम्तीमा ५ लाख कमाउछ आलुबाट”– रमेशले तथ्याङ्क सहित प्रष्ट पारे । मैले मनमनै हिसाब गरेँ वर्षमा करिव १५ करोडको आलु निर्यात गर्ने मेरो गाँउ हेमजा भन्दा बढि नै कमाउछ क्याहो दामनले ! आलु प्रसंग पछि खुलेका रमेशलाई दाइको साइनो लगाउँदै रुपचन्द्र विष्ट तर्फ मोड्न म सफल भए । रुपचन्द्रको प्रसंग उठ्ने वितिकै अनुहार तेजिलो पार्दै उनले पहिलो वाक्य बोले “व्यवहारमै कम्युनिष्ट हो नि भाई उ त ।” हो त त्यसैले त उनि मेरा लागि रोल मोडल बनेका । त्यसपछि रमेश दाईले रुदानेसंग जोडिएका किस्साको पोकै फुकाले, कति मैले सुनेका र कति मेरा लागि नयाँ पनि । “उनी त सबैलाई तँ र भाते भन्थे ।” उमेरले ४० को हाराहारी लाग्ने रमेश दाई बोल्दै थिए । “पर्चा बेच्थे २० पैसामा ,छातीमा ‘थाहा’ लेखेको मात्रै १५ पैसा लिन्थे । ” हामी ध्यानमग्न भएर सुनेको चाल पाएपछि उनि झन हौसिए । “तपाइँहरुले अघि हेरेको विकास घर बनाउँदा ढुङ्गा बोक्न लगाएर त हो नी उसकी श्रीमतीले रुपचन्द्रलाई छोडेर गएकी” मैले त सुनेको थिएँ आफ्नै घर बनाउदा ढुङा बोक्न लगाएकोले डिग्री पढेकी राणा खानदानकी उनकी श्रीमतीले छाडेकी रे । तर कुरा अर्कै आयो । आफै ढुङा बोक्ने माटो मुछ्ने रुदाने भन्ने गर्थे रे “श्रम गरेर मान्छे सानो हुदैन, डिग्रीको सर्टिफिकेट त केहि पनि हैन बरु त्यो त कागजको खोस्टो यदि त्यसले मान्छेलाई श्रमबाट अलग गर्छ भने” । आफैं बि.एल. र प्राकृतिक चिकित्सा बिज्ञानमा स्नातक रुदानेको यो भनाई के कार्ल माक्र्सको ‘बुर्जुवा शिक्षा’को आलोचना भन्दा कम छ र ?
रमेश दाई अगाडि भन्दैछन् । एकपटक रुपचन्द्रको ठूलो चर्चा सुनेपछि राजा महेन्द्रले भेट्न बोलाएछन् । दरबारको गेटमा गेट पालेले राकेपछि रुदानेले कारण सोधेछन् । रजिस्टर पल्टाउदै पालेले “महाराज १५ मिनेट बिजी होइसिन्छ, त्यस पछाडि तपाँईको पालो” भनेछ । रुदाने १५ मिनट गेटमै कुरेर बसेछन । १५ मिनटपछि गटपालेले भित्र जाने आग्रह गर्दा ‘१५ मिनेट अगाडिसम्म राजा ब्यस्त थिए म फुर्सदिलो तर अब राजा फुर्सदिला भए, म ब्यस्त छु भनिदिनु’ भन्दै रुदाने त फरक्क फर्केर पो हिडेछन् । मैले मनमनै भनेँ, “शक्तिका पुजारी अहिलेका हाम्रा राजनितिक पार्टिहरुका लागि यो प्रसंगले प्ररणा दिनुपर्ने होईन र ?” उता रमेश दाई बोल्दै छन् । त्यसरी रुदाने फक्र्यो रे भन्ने सुनेपछि राजाले फेरी अर्को दिन बोलाएछन् । द्धार पालेले रुदानेले बोक्ने बोराको झोला भित्र लैजान नमिल्ने भनेपछि ३० मिनेटजति झगडै गरेर भएपनि झोला लगिछाडेछन् । दरबारमा पुगेपछि राजा महेन्द्रले भने रे, ‘तिम्रो धेरै चर्चा सुनेँ , तिमी के चाहन्छौ, म के गर्न सक्छु तिम्रा लागि?’ रुपचन्द्रले जवाफ दिए रे, ‘तपाँई केहि गर्न सक्नुहुन्न मेरो लागि, म त देशमा अठ्ठा जोकर बनाउन चाहान्छु ।’ अठ्ठा जोकर ? म अचम्ममा पर्दै प्रश्न गरेँ । मेरो नादानीपनलाई खिस्याउँदै रमेश दाइले भने – भाई तासको खेलमा अठ्ठा जोकर हुनलाई सत्ता पल्टिनु पर्छ । हो कि होइन ? ओ हो ! बल्ल पो बुँझे रुपचन्द्रले त राजालाई नै सत्ता पल्टाउन चाहान्छु भनेर धम्क्याएछन् । मनमनै सोचेँ राजा महेन्द्रले कसरी बुझेहुन् रुपचन्दरुको अठ्ठा जोकरलाई ? उता रमेश दाई भने मलिन अनुहार लाउँदै भन्दै थिए “तर भाई त्यस्तो हक्की मान्छेलाई उनको जीवनको उत्तरार्धमा समाजले बहुला समेत भन्यो । उनका सहयोगीहरुले उनकै नाम बेचेर के के गरे गरे ।” मलाई जिज्ञासा उठ्यो के के पो गरेछन् हँ ? रुपचन्दको झै कुटिल भाषमा रमेश दाईले जवाफ दिए, “अठ्ठा जोकर बनाउन चाहाने रुपचन्द्रका चेलाहरुले देशमा सत्ता पल्टेपछि धेरै ‘माल’ हात पारे ।” अलि अलि बुझेँ कि झै लाग्यो । उनका सहयोगी भनिनेहरु कोहि हेटौंडामा करोड पति त कोहि काठमाण्डौमा अरवपति छन् रे ।
२०६२–६३ पछि देशमा ‘अठ्ठा जोक्कर’ त भयो तर सत्ता तिनका लागि पल्टेन जो रुपचन्द्र बिष्टकै भाषमा ‘झुप्राबासी’ हुन, जो फुल जस्तै गमलामा कैद भएर बसेका छन् । कसैले पनि तिनलाई गणतन्त्रले के दियो भनेर ‘थाहा’ दिएनन् । जीन्दगीभरी ‘अठ्ठा जोकर’ बनाउन जनताले ‘थाहा’ पाउनु पर्छ भनी हिड्ने रुदाने आज दामनको सालीकमा खुम्चिन पुगेका छन भने उनले नै ब्यूँझएर जीबनको लक्ष ‘थाहा’ पाएका भनिएका उनका सहयोगीहरु आज करोड र अरबमा खेल्ने भैसके । तर, रुदानेको थाहा आज ‘बिकास घर’को प्राङ्गणभित्र उनकै शालिकको पैतालामुनी मार्वलको ‘शिलालेख’मा कैद भएर बसेको छ, उनले फुललाई गाली गरेर लेखेका माथि प्रस्तुत कबिताका हरफहरु जस्तै ।
बेलुकीको तारुका बसाईं |
–रमेश अधिकारी
i am feeling great to be the part of this journey...........
ReplyDelete