निकट भविष्यकि Chartered Accountant बहिनि कृति |
करिब ५ बर्ष अगाडी शुरुमा मेरी बिद्यार्थी र पछाडी मनले स्विकरिएकी मेरी
बहिनि कृति प्रधान को १७ औं जन्म दिनको अबशर मा सुभकामना दिन मैले लेखेको
पत्र..... त्यति बेला कृति भर्खर एस.एल.सी. को परीक्षामा बिशिस्ठ श्रेणीमा
उत्तीर्ण भइ सबैको मनमा हर्षको संचार गर्दै थिइन्.... आज उनि चार्टर
एकाउन्तेन्तको (Chartered Accountant) लिखित परीक्षा पास गरि इन्टरनशिप (Internship) गर्दै छिन.... केहि समय
पछाडी नै उनि एक अब्बल चार्टर एकाउन्तेन्त बन्ने छिन्.... स्कूल देखि नै
तीक्ष्ण कृतिको यो सफलताको यात्रामा म त्यतिनै खुशी छु जति उनि आफै छन्....
आज फेरी भन्न मन लागेको छ "कृति तिमीप्रति मलाई गर्व छ, सफलताको यो यात्रा
अनबरत अगाडी बढीरहोस"
२०६४ भाद्र १३
प्यारी बहिनी कृति,
धेरै धेरै बधाइ छ १६ बर्ष पार गरेकोमा
आज तिमी १७ औं बर्षमा प्रबेश गर्दै छौ । मेरो मनमा असंख्य शुभकामना भरिएको छ । म बझ्छु आफ्नी बहिनीको जन्म दिनमा एउटा दाजुका मनभित्रका यि भावहरु स्वभाविक छन् । तर कता कता यस्तो लाग्छ म अलिक बढि भावुक र खुशी छु । खुशी यसकारण कि म हिजोकी कृति जो भर्खर विद्यालयको पढाइमा ब्यस्त थिइ त्यसलाई होइन आजकी कृति जो फलामे गेटमा आफूलाई अत्यन्त सफल र उत्कृष्ठ सावित गरेर आफन्त र सुभचिन्तकहरुलाई खुशीको भकारी टक्राइदिएकी छ, त्यसलाई जन्मदिनको शुभकामना दिदै छु । र भावुक यसकारण कि कसैको जीवनमा बिरलै जुट्ने रगतको भन्दा पनि दरिलो नाता भावनात्मक रपमा स्विकारिएकी बहिनीको जन्मदिनको सुभ–कामनाका खाँतिर सब्दहरु खर्चदै छु ।
सत्य कृति त्यो नतिजा प्रकाशनको दिनमा खुशी हुनेहरुको भीडमा सायद म पनि अग्रपंतिमै थिँए । त्यो सफलतामा मेरो हर्षले तिम्रो जीवनमा कुनै अर्थ राखे पनि नराखे पनि म खुशी हुनत पाएनी होइन ? हो त्यस पल म अत्यन्त खुशी थिँए किनकी मैले देखेका असंख्य सपना मध्य जीवनमा पहिलोपटक एउटा सपना साकार भएको थियो त्यो दिन । त्यो सपना तिमीलाई आधार बनाएर देखेकाले सपनारुपी रथको सारथी तिमी थियौ । यहाँनिर त मैले धन्यवाद दिनु पर्ला सपनाको रथ सफलतापूर्वक यथार्थको स्टेशनसम्म ल्याइपु¥याइदिएकोमा । त्यसो त यो कुरा तिम्रा वास्तविक इश्वर बाबुआमाका हकमा अझ बढि लागू होला । म बुझ्छु अवश्य पनि एउटा सन्तानको सफलतामा असल बाबुआमा भन्दा बढि खुशी हुने संसारमा कोहि पनि हुनै सक्तैन । वास्तबमा त्यो दिन ति दुइ किसानले लगाएको बाली तिमी लहराऊदो र मनमोहक भएर फूलिदिएकी थियौ र सायद ति मिहेनती किसान त्यो फुलेको मनमोहक बालीलाई हेरेर साचेभन्दा बढि प्रतिफलको आशा गर्दै थिए । हो तिमी यतिबेला मनमोहक र आकर्षक भएर फूलिदिएकी छ्यौ तिम्रा बाबुआमा रुपि किसानका आशा रुपि खेतहरुमा । तर फल लाग्न त अझै बाँकी नै छ । त्यसैले तिमी सचेत हुनुपर्दछ कि कतै ति लहराऊदा फूलहरु असिनाले नझारोस् र कतै यस्तो नहोस् फूलजति हिलोमा झरुन र बालीको नाँउमा एक दाना अन्न पनि घरभित्र नभित्रियोस् । म यो पत्र लम्ब्याउँदै छु यसकारण कि तिमी यो बुझ्न सक्षम होऊ, यो समाजमा धेरै सम्भावना बोकेका तिमीजस्तै फूलहरु झारेर बोट रित्याउने असिनाहरु बहुरप धारण गरेर बसेमा छन् । ति कति प्रष्ट वा स्थूल ९अयलअचभतभ० त कति अस्पष्ट वा सुक्ष्म ९बदकतचबअत० रुपमा यत्रतत्र सर्बत्र छन् । तिनलाई पहिचान गर्न सक्नु नै यतिबेलाको तिम्रो चूनौति हो ।
प्रथमतः त्यो असिना हाम्रो सामाजिक संरचना र यहाँ ब्याप्त असमानता नै हो । यहि सामाजिक संरचनाका कारण पारिजातकी ‘बोनी’ कसरी हिलोमा पोखिई र माटोमा बिलाई त्यसबारे तिमी अनबिज्ञ छैनौ । म तिमीलाई त्यहि अन्तत्वगत्वा अस्थित्वनामेट हुन बाध्य बोनी भएको देख्न चाहन्न । यदि बोनी झै यो बिकृत समाजको कुसंकारमा फँस्नु छ भने अहिल्यै जीवनलाई बिश्राम देऊ त्यो बरु सबैकालागि स्वकार्य हुनेछ । तिमीलाई याद छ बोनी उपन्यासमा पारिजातले बोनीलाई सम्बोधन गरेर लेखेको एउटा वाक्य ? “तिमी आँफूभन्दा माथिकालाई आँफू सरह बनाउन खोजिनौ बरु आँफूपनि उनिहरु भएतिरै उक्लन खोज्यौ”। हो यहि एउटा वाक्य याद गरिरह्यौ र आफ्नो बर्गिय हैसियत अनुशार आफ्नो जीवनशैलीलाई समायोजन गर्न सक्यौ भने, म विश्वस्थ छु तिम्रा बाबुआमा जो परिजात हुन यतिबेला र तिमी जो बिग्रनु पूर्वकी बानी हौ, यि दुबैले उपन्यासको अन्तिम तिरकी बोनी र पारिजातको नियति भोग्नुपर्ने छैन ।
उसो त तिमी आफै बुझकी छ्यौ । “घाँटी हेरी हाड निल्नु” भन्ने नेपाली उखानलाई सारमा बुझकी छ्यौ । तैपनि जीवनको यो सत्र बर्षे उमेरमा बिभिन्न उत्सुकताहरुले मनभित्र अनेक छालहरु ल्याइदिन्छन् र थोरै मात्र चुकियो भने तिनै प्रदुषित छालमा जीवन लहरिन कत्तिबेर हुदैन । यसर्थ म चाहन्छु तिमी समयको छालमा लहरिन होइन समयलाई आफ्नो अनुकूल हिडाउन यत्नशिल हुनेछ्यौ । कम्तीमा तिमी आफ्ना अविभावकको पसिनाको कदर गरी उनिहरुप्रति बफदार हुनेछ्यौ र आफ्नी बहिनीको लागि आदर्श दिदी भई मार्गदर्शक बन्नेछ्यौ । आफ्ना अविभावकले थापेको ‘नाङ्गले पसललाई लात मारेर सुपरमार्केटमा सपिङ्ग गर्न’ जानेछैनौ बोनी झैँ ।
कृति ! आज म काठमाण्डौ भइन, तिम्रो जन्मदिनमा प्रत्यक्ष भेटेर शुभकामना दिने ईच्छा पुरा गर्न सकिन वा भनौ त्यो अवशरबाट बञ्चित भएँ । तर फोनमै सहि मैले त्यो इच्छा पुरा त गरेँनी ? र सायद मैले बाचा पनि गरको छु कि उपहारका साथमा कुनैदिन म आफै उपस्थित हुनेछु शुभकामनासहित तिम्रा सामुमा । मैले तिमीलाई दिन चाहेको उपहार लेखक मोदनाथ पश्रितको “नारी बन्धन र मुक्ति” नामको किताब हो । भलै यसका लेखक यतिबेला राजनैतिक हिसाबले जुनसुकै कित्तामा किन नहोउन, किताब भने पठनिय र मननयोग्य छ । मरो चाहना छ फुर्सदको समय निकालेर यो पुस्तक तिमी अद्योपन्त पढ्ने छ्यौ र नेपाली समाजको बिकासक्रम र त्यसमा नारीको स्थानका बारेमा सामान्य जानकारी हासील गर्नेछ्यौ ।
अन्त्यमा जीवनमा तिमीले देखेका हरेक सपनाले एकमुष्ट रुपमा यथार्थको रुप धारण गरी तिम्रो सफलताको ढोका ढक्ढक्याउन आईपुगुन र ति यथार्थलाई संगालेर निसंकोच आफ्नो पोल्टामा सजाउन सक, एकपटक फेरि जन्मदिनको असंख्य सुभ–कामना र साथमा उज्वल भविश्यको सदिक्षा पनि ल !!!
तिम्रो दाजु
रमेश अधिकारी
बमजष्पबचष्कmष्त२नmबष्।िअयm