गज़ल
सुख खोज्दा खोज्दै जीवन घाउ बन्छ कि त ?
आफ्नै घाटी रेट्ने क्रुर दाउ बन्छ कि त ?
आफ्नो बसमा छैन मनले जेजे चाह गर्यो
मझधारमा माझी बिना नाउ बन्छ कि त ?
बहुमूल्य बनाउ भन्थें असल जिन्दगानी
हिरा होइन खियाको झैं भाउ बन्छ कि त ?
सबैको आँखा को नानी बन्ने बल गर्दा
देख्दा सबले भन्ने जाउ जाउ बन्छ कि त ?
मन को वस्ती शान्त शुन्दर बनाउने रहर
डडेलो ले उजाडेको गाउँ बन्छ कि त ?