Tuesday, February 12, 2013
Sunday, February 3, 2013
बालापनको याद
न चिन्ता थ्यो भविष्यको न जीवनको बोझ कुनै
हर मिनेटमा मस्ती थियो कमि थिएन मोज कुनै
न मतलब दुनियाको न समाजको प्रवाह थ्यो
सबै प्रति भाव उस्तै माया प्रेम अथाह थ्यो
न त घामले पोल्नै सक्थ्यो न पानीले रुझाउन
आफै चित्त दुख्थ्यो आफै थाल्थे मन बुझाउन
कागजको डुंगा थियो जिन्दगि पार लगाउन
गुडियाको संसार थियो दु:ख पिडा भगाउन
न त् धनि गरिब कोहि न त् कुनै जात थियो
सबै जाति, धर्म, लिङ्ग बर्गको एक साथ् थियो
चराका बचेरा छोपी त्यसै संग बात हुन्थ्यो
न कसैको मन टुट्थ्यो न कसैलाई घात हुन्थ्यो
न अरुको आँशु बेची हाँसो किन्ने जाल थियो
अरु रुँदा उर्लिदीन आँखाभरी छाल थियो
न व्यस्त थ्यो जिन्दगानी फुर्सद फालाफाल थियो
न त जीवन आज जस्तो लथालिंग बेहाल थ्यो
मजा थियो बन पाखामा गाई भैसी चराउनुको
एकतिर बस्तु छोडी अर्कातिर हराउनुको
सुनौला सुन्दर ति दिन फर्काउन मन लाग्यो फेरी
बालापनको संसारमा हराउन मन लाग्यो फेरी
हर मिनेटमा मस्ती थियो कमि थिएन मोज कुनै
न मतलब दुनियाको न समाजको प्रवाह थ्यो
सबै प्रति भाव उस्तै माया प्रेम अथाह थ्यो
न त घामले पोल्नै सक्थ्यो न पानीले रुझाउन
आफै चित्त दुख्थ्यो आफै थाल्थे मन बुझाउन
कागजको डुंगा थियो जिन्दगि पार लगाउन
गुडियाको संसार थियो दु:ख पिडा भगाउन
न त् धनि गरिब कोहि न त् कुनै जात थियो
सबै जाति, धर्म, लिङ्ग बर्गको एक साथ् थियो
चराका बचेरा छोपी त्यसै संग बात हुन्थ्यो
न कसैको मन टुट्थ्यो न कसैलाई घात हुन्थ्यो
न अरुको आँशु बेची हाँसो किन्ने जाल थियो
अरु रुँदा उर्लिदीन आँखाभरी छाल थियो
न व्यस्त थ्यो जिन्दगानी फुर्सद फालाफाल थियो
न त जीवन आज जस्तो लथालिंग बेहाल थ्यो
मजा थियो बन पाखामा गाई भैसी चराउनुको
एकतिर बस्तु छोडी अर्कातिर हराउनुको
सुनौला सुन्दर ति दिन फर्काउन मन लाग्यो फेरी
बालापनको संसारमा हराउन मन लाग्यो फेरी
Tuesday, October 30, 2012
मूल बाटो बिराएर अन्त कहाँ डुलेको छु र ?
तिम्रो दिल मा फुल्न सकिन र त के भयो
अरुको जीवनमा पनि मैले कहाँ फुलेको छु र ?
तिमि र म कुनै बेला साथी भन्दा माथि भएउ
तिम्रो जिन्दगीमा मैले आंधी कहाँ हुलेको छु र ?
समयले कठिन छनौट राखिदियो मेरो सामु
के रोजे के छोडे भनि मैले कहाँ खुलेको छु र ?
छरप्रस्ट छन अतित हरु टुक्रिएको मुटुभरी
छरिएका यादहरु मैले कहाँ बटुलेको छु र ?
छरप्रस्ट छन अतित हरु टुक्रिएको मुटुभरी
छरिएका यादहरु मैले कहाँ बटुलेको छु र ?
Tuesday, July 31, 2012
म त्यस्तो देश मा बस्छु
कविता – म
त्यस्तो देशमा बस्छु
-रमेश अधिकारी
@rameshsmit
म त्यस्तो देश मा बस्छु
जहाँ,
भूकम्पले घरबार गुमाएकालाई चिसोमा
कठान्ग्रिएर मर्न लगाइन्छ
काठमाडौँमा महल हुनेहरुलाई सरकारी 'सुबिधाको प्याकेज ल्याइन्छ
जहाँ,
नेता भ्रस्टचारी, व्यापार कालोबजारी र युवा बेरोजगारीले थिचिएका छन
कार्यकर्ता चाकरी, बेकम्मा कर्मचारी अनि जनता ऋणको भारीले किचिएका छन
जहाँ,
राज्य कमाजोर अनि डाँका, गुन्डा र
तस्करहरु शक्तिशाली छन
देश चलाउनेको मुखमा सबै प्रति समभाव
हैन समुदाय लक्षित गाली छन्
जहाँ,
जसले पैसा तिरेर पढनै सक्दैन उसको
धेरै पढ्ने सङ्कल्प छ
स्वास्थ्य र शिक्षा ब्यापारको सबै
भन्दा उत्तम विकल्प छ
जहाँ,
राजनीति जनसेवा हैन स्वजन शेवाको
पर्याय बनिएको छ
एनजीओका प्रोजेक्टलाई मात्र
समाजसेवा र स्वयमसेवा भनिएको छ
जहाँ,
मान्छेहरु कालगतिले कम, रोगब्याधी र दुर्घटनामा बढी मारिन्छन
सीटामलको अभाबमा दुर्गमका जनता
मृत्युबरण गर्न बाद्य पारिन्छ्न
जहाँ,
इतिहाँसको बिरताको ब्याख्या गर्दै
बर्तमानमा कायर जीवन बाँच्नेहरु पर्याप्त छन
भोको पेटमा रास्ट्रीयताको आलाप भर्न
लगाउने अन्ध राष्ट्रबादीहरू ब्याप्त छन
जहाँ,
आफुलाई समाजबादी, कम्युनिस्ट अनि जनपक्षीय भन्नेहरु आफैमा पथभ्रस्ट छन
आफुलाई प्रजातन्त्रको पर्याय भन्ने
हरु निरंकुशताको अभ्यास गर्नमा ब्यस्त छन
अनि,
जहाँ
खाडी जाने १५ सय युवाको लाइन
बिमानस्थलमा हरेक दिन छरप्रष्ट छ
अधिकार माग्नेका लागि प्रहार गर्ने
राष्ट्रवादको सरकारी अस्त्र छ
त्यस्तो देश मा बस्ने मलाई कसैले
भन्छ-
गर्व गर नेपाली हुनुमा, बिर गोर्खाली हुनुमा
म कसरी गर्ब गरुँ??
जबकी म आफ्नै आँखा अगाडी
हरेक क्षेत्रका अगुवा भनिनेहरु भ्रस्ट
भएको देख्छु
भविष्यका आफ्ना सपना छरप्रस्ट भएको
देख्छु
कागजमा स्वास्थ्य शिक्षा नि:शुल्कगरेको
देख्छु
कर्णाली र सुदुर पश्चिममा हैजाले
मान्छे मरेको देख्छु
धनि र हुने खानेका सन्तानले मात्रै
पढेको देख्छु
तीक्ष्ण र जेहेन्दारहरुका सपना
डढेको देख्छु
खाडीका मरभूमिमा नेपाली राष्ट्रियता
जलेको देख्छु
अरुहरुको इशारामा आफ्नै देश चलेको
देख्छु
यति भन्दै गर्दा,
तिमि मलाई राष्ट्रघाती वा देशद्रोही
भने पनि भन
म मेरो देशलाई घृणा त गर्ने सक्दिन
तर छाती फुलाएर गर्व गर्न पनि
सक्दिन
किनकि,
प्रकृति र भूगोल मात्र देश हैन
त्यो भूगोलमा बस्ने मान्छे पनि देश
हुन्
एक जना मान्छे पनि आफैमा देश हो
र म पनि देश हूँ
त्यसैले,
मलाई म आफैं प्रति पनि गर्व छैन
Thursday, July 19, 2012
हामी भाग-२
![]() |
| Picture Credit: The Kathmandu Post |
हामी २१ औं सताब्दिका नेपाली
हामी बुद्दका देशका नेपाली
हामी सगरमाथाको उचाइमा गर्व गर्ने नेपाली
तर,
हामीलाई हेक्का छैन
हाम्रो सोचको होचाई सगरमाथाको उचाई भन्दा बिशाल छ
हामी भित्र भित्रै हुर्केको हिंशा
बुद्धको अहिंशा भन्दा भयानक छ
२१ औं सताब्दिका सभ्य भनिने हामी नेपाली
कुकुरलाई संगै सुताउछौ
तर दलितलाई आगन सम्म टेक्न दिदैनौ
बिरालोलाई काखी च्यापेर हिड्ने हामी
मानवले छोएको खादैनौ
तर,
तरपनि हामी तथाकथित प्रगतिमा गर्व गर्छौ
सडेगलेका संस्कार र संस्कृतिको रछ्यानमा उभिएर
हामी गर्व गर्छौ जनावरलाई ओछ्यान अनि
दलित भनिने शिपधारी मानवलाई रछ्यान भन्ने धर्म माथि
हामी २१ औं सताब्दिका नेपाली
असमान धरातलमा उभिएका दुइ थरि नेपाली
हामी कामीले बनाएका औजारमा बाँच्छौ
तर कामीलाई छुन चाहन्नौ
दमाईले सिलाएका कपडामा आफ्नो व्यक्तित्व खोज्ने हामी
दमाई नांगै भएको देख्दैनौ
उसलाई खाली खुट्टा हिड्न लगाएर
सार्कीले सिलाएका जुत्तामा ठाटीएर हिड्नमा मख्ख पर्छौ
हामी २१ औं सताब्दिका सचेत भनिने नेपाली
हामी ढोंगी र पाखण्डको भरमा बाचेका नेपाली
मन्दिर बनाउने कलिगड़का लागि हामी मन्दिर प्रबेसमा रोक लगाउछौ
धारा बनाउने डकर्मी दाइलाई पानी थाप्न दिदैनौ
अन्न बालि लगाइदिने हलीदाइको को परिवार भोकमरिले मर्दा
मन नछुने हामी ५ तारे होटेलको खाना नरुच्ने भएका छौ
हामी २१ औं सताब्दिका आदिम नेपाली
श्रमलाई लात्याउछौ, भ्रमलाई पुजा गर्छौ
श्रमिकलाई अछुत बनाउछौ, शोषकलाई महान बनाउछौ
श्रमलाई कहिल्लेई सम्मान गर्न नजान्ने हामी
ठगि र कमिशनमा बच्न पल्केका छौ
२१ औं सताब्दीको बैज्ञानिक युगमा बाचेका भनेर दाबी गर्ने हामी नेपाली
त्यस्तो अन्धबिस्वासी र पाखण्डी मानसिकतामा उभिएका छौं
जहाँ
ढुंगालाई देवता भन्दै दुध खुवाइन्छ र
मान्छेलाई बोक्शी भन्दै गु-मुत खुवाइन्छ
भनाइमा हामी २१ औं सताब्दिका सचेत नेपाली
यथार्थमा भित्रभित्रै कुहिएका अचेत नेपाली
(नोट: भूपी सेरचनको हामी कविता लाई भाग १ मानेकोले यो कविता हामी भाग २ हुन आएको हो)
अधिकारी स्मित (रमेश अधिकारी) २०६९ श्रावन ४
Subscribe to:
Posts (Atom)



