Thursday, July 30, 2015

गुरु महिमा

क, ख, ग, घ / ABCD चिनाउने तिमि 
ज्ञान प्राप्तिको दिप्य पथमा हिडाउने तिमि

गणितका अंक जस्तै उमेर ढल्दै जाँदा
बुझ्दै गा'छु मलाई 'म' बनाउने तिमि

मैन बत्तिको शिखा जस्तै बल्दै पग्लिएर
मलाई भर्न आफैलाई रित्याउने तिमि

गाली गर्थ्यौ, पिटथ्यौ कहिले रिसाउथ्यौ त्यस्तै 
तर प्रेमको डोरी कहिल्यै नछिनाउने तिमि 

दिलै देखि नमन गरें गुरुजन हरुलाई 
बाङ्गो टिङ्गो मलाई असल बनाउने तिमि 

(२०७२ सालको गुरु पुर्निमामा समस्त गुरुहरुमा समर्पित)



Tuesday, July 21, 2015

लघु कथा: बृद्दाश्रम

८ बर्षे छोरोलाई पनि संगै लगेको उसले कारबाट ओरालेर आमालाई बृद्दाश्रममा छोड्यो । 
आमाले नातिलाई अँगालो मारेर आशु झारिन । 
आशुले नातिलाई रुझायो तर उसलाई पटक्कै छोएन 
घर फर्कदा बाटामा उसलाई छोराले सोध्यो- "बा यो बृद्दाश्रममा पहिलेनै सिट बुकिंग गर्नु पर्छ हो?
उ- किन र छोरा?
छोरा - भोलि पर्सि मैले पनि तपाईंलालाई यहाँ ल्याएर छोड्नु पर्छ नि त !

Tuesday, July 14, 2015

गजल: तिमि लाग्छौ खास किन ?


कटु बचन बोले पनि तिमि लाग्छ्यौ खास किन हातमा छुरा बोक्छ्यौ तर तिम्रै लाग्छ आस किन ?

धारिलो छ छुरा त्यो आँटिलो छ मन तिम्रो पार्छ्यौ मुटु चिरा तर तिम्रै लाग्छ विश्वास किन ?


थाह छ म ठोक्किएर टुक्रा टुक्रा हुन्छु एकदिन पत्थर तिम्रो दिलमा बस्न मन लाग्छ बास किन?


निर्मल थ्यौ, कोमल थ्यौ, दयाकी थ्यौ खानी तिमि कहाँबाट बन्यौ तिमि क्रुरताको दास किन ?


अरु खोज्छन प्रेम भित्र जीवन जिउने शुत्रहरु

मलाइ तिम्रै हातबाट बन्न मन छ लाश किन ?