मैले स्कुल पढ्ने बेला
मेरो लागि कापी कलम जुटाउन
छुम्रुङ्गसम्म चामलका भारी खेपेको
तिम्रा आङ्गमा कहिल्यै गतिला कपडा नहुँदा
जोरी पारीले हेपेको
मैले बिर्सेको छैन आमा ।
स्कुलको बार्षिक उत्सबको दिन
मैले पुरस्कारको भारी बोकेर घर आउँदा
आमा भन्दै ती पुरस्कार तिमीलाई देखाउँदा
भित्ता तिर फर्केर आँसु खसालेको
कपाल सुम्सुम्याउदै मलाइ काखमा बसालेको
मैले बिर्सेको छैन आमा !
स्कुल सक्किएपछी
आफ्नो बाटो पहिल्याउन म राजधानी पस्दा
गाउँको एकलासको घरमा तिमी एक्लै बस्दा
बाबु ! एक्लै हुँदा डर लाग्छ सम्मपनि नभनी
मलाई शहर पठाएको
आफ्ना इच्छा र चाहना मनभित्रै अँठ्याएको
मैले बिर्सेको छैन आमा ।
आफ्नो ज्यान सक्ने हुँदा हाम्रा लागि मात्रै दु:ख गर्छ्यौ
सु:खका दिन फिर्नै लाग्दा फेरी आफै बिरामी पर्छ्यौ
आफ्नै लागि चाहिँ कहिले जिउछ्यौ आमा?
हाम्रै लागि कति समुन्द्र आँसु पिउछ्यौ आमा?
तिमी के चाहान्छ्यौ गहिरिएर बुझ्नु छ
जिवनभर बगाएका पसिना र आँशुका टाटा पुछ्नु छ
मैले बिर्सेको छैन आमा !
म कहिल्ल्यै बिर्सने छैन आमा !
No comments:
Post a Comment
Thank you very much for your valuable Comments !