तिमी

म
मेरो बिरामीको 'बेड शीट' फेर्दै गरेकी हुन्छु
तिमि
उता 'इएर फोन' लगाएर 'आइ पड' मा आफुलाई मन पर्ने गीत सुन्दै गर्दा
म
यता प्यारालाइसिस भएकी मेरी सानी बिरामीको धड्कन 'स्थेचेकोप' मा सुनिरहेकी हुन्छु
तिमि
महंगा रेस्टुरेन्टमा बसेर 'स्ट्र' फेर्दै 'कोल्ड ड्रिंक्स' पिउदै गर्दा
म
'ब्रेन हेमोरेज' भएर १ महिना देखि बेडमा चालहिन भएर सुतेको
'बुढ्यौली' लागेको मेरो बिरामीको स्लाइन को बोतल फेर्दै गरेकी हुन्छु
तिमि
म
आइ सी यु मा बिरामीको मुटुको चाल देखाइरहेको 'मोनिटर' हेरिरहेकी हुन्छु
तिमी
आफ्ना आफन्तको जन्मदिनको उत्सव मनाइरहेको बेला
म
मेरो बिरामि, जो २ हप्ता अगाडी मेरो लागि अन्जान थियो र
२ हप्तामा मेरो परिवारको सदस्य जस्तै नजिक भयो,
उसको मृत्युको शोकमा डुबीरहेकी हुन्छु
तिमी
आफ्ना मनपरेकाहरुको हात समाएर पार्कतिर सयर गरिरहेको बेला
म,
मेरा हरेक बिरामीहरुको नाडी छाम्दै 'पल्स' नापिरहेकी हुन्छु
तिमी
आफ्नो बार्षिक परिक्षाको 'रुटिन' बिर्सेर फोनमा मलाइ सोधिरहेको बेला
म
मेरो वार्डका ३५ वटा बेडमा रहेका प्रत्यक बिरामीको औषधिको तालिका याद गरिराखेकी हुन्छु
तिमि
हिन्दि सिरियलको कुनै पात्रको मृत्युमा दुख मनाउ गरिरहेको बेला
म
मेरो बिरामी तन्दुरुस्त भएर 'डिस्चार्ज' हुन लागेको खुशीमा मग्न हुन्छु
तै पनि तिमि मलाइ भन्छौ कि म देखावटी व्यस्तता प्रदर्शन गरिरहेकी छु
तिम्रो खुशीमा खुशी अनि दुखमा समाहित हुन् जान्दिन
तिमीलाई समय दिन मान्दिन
हो म तिम्रो खुशीमा खिशी अनि दुखमा दुखि हुन सक्दिन
किनकि
तिम्रो र मेरो खुशी अनि दुखि हुने बहाना अलग छन्
तिम्रा र मेरा जीवनका चाहना अलग छन्
मलाइ माफ गर तिमीलाई दिनका लागि म संग समय हुदैन
तुक्ष कुरामा तिम्रो घुर्क्याइले मेरो मन पनि छुदैन
तिमि व्यक्तिगत जीवन लाइ सर्वोपरी ठान्छौ र त्यसैमा रमाउछौ
मैले सार्वजनिक जीवन र समग्र मनावीयतालाइ आफ्नो जीवन बनाउछु
त्यसैले तिम्ले र मैले हिड्ने बाटो अलग छ
तिम्रो र मेरो जीवन दर्शनको पाटो अलग छ
wow awesome
ReplyDeleteno any word left to comment
u wrote the reality of nurse
i salute u