Pages

Tuesday, July 31, 2012

म त्यस्तो देश मा बस्छु


कविता – म त्यस्तो देशमा बस्छु
-रमेश अधिकारी
@rameshsmit  



म त्यस्तो देश मा बस्छु 
जहाँ,
भूकम्पले घरबार गुमाएकालाई चिसोमा कठान्ग्रिएर मर्न लगाइन्छ
काठमाडौँमा महल हुनेहरुलाई सरकारी 'सुबिधाको प्याकेज ल्याइन्छ
जहाँ,
नेता भ्रस्टचारी, व्यापार कालोबजारी र युवा बेरोजगारीले थिचिएका छन                                    
कार्यकर्ता चाकरी, बेकम्मा कर्मचारी अनि जनता ऋणको भारीले किचिएका छन 
जहाँ,
राज्य कमाजोर अनि डाँका, गुन्डा र तस्करहरु शक्तिशाली छन 
देश चलाउनेको मुखमा सबै प्रति समभाव हैन समुदाय लक्षित गाली छन्
जहाँ,
जसले पैसा तिरेर पढनै सक्दैन उसको धेरै पढ्ने सङ्कल्प छ 
स्वास्थ्य र शिक्षा ब्यापारको सबै भन्दा उत्तम विकल्प छ 
जहाँ,
राजनीति जनसेवा हैन स्वजन शेवाको पर्याय बनिएको छ 
एनजीओका प्रोजेक्टलाई मात्र समाजसेवा र स्वयमसेवा भनिएको छ
जहाँ,
मान्छेहरु कालगतिले कम, रोगब्याधी र दुर्घटनामा बढी मारिन्छन 
सीटामलको अभाबमा दुर्गमका जनता मृत्युबरण गर्न बाद्य पारिन्छ्न
जहाँ,
इतिहाँसको बिरताको ब्याख्या गर्दै बर्तमानमा कायर जीवन बाँच्नेहरु पर्याप्त छन 
भोको पेटमा रास्ट्रीयताको आलाप भर्न लगाउने अन्ध राष्ट्रबादीहरू ब्याप्त छन 
जहाँ,
आफुलाई समाजबादी, कम्युनिस्ट अनि जनपक्षीय भन्नेहरु आफैमा पथभ्रस्ट छन 
आफुलाई प्रजातन्त्रको पर्याय भन्ने हरु निरंकुशताको अभ्यास गर्नमा ब्यस्त छन 
अनि,
जहाँ
खाडी जाने १५ सय युवाको लाइन बिमानस्थलमा हरेक दिन छरप्रष्ट छ
अधिकार माग्नेका लागि प्रहार गर्ने राष्ट्रवादको सरकारी अस्त्र छ


त्यस्तो देश मा बस्ने मलाई कसैले भन्छ- 
गर्व गर नेपाली हुनुमा, बिर गोर्खाली हुनुमा 
म कसरी गर्ब गरुँ??
जबकी म आफ्नै आँखा अगाडी 
हरेक क्षेत्रका अगुवा भनिनेहरु भ्रस्ट भएको देख्छु 
भविष्यका आफ्ना सपना छरप्रस्ट भएको देख्छु 
कागजमा स्वास्थ्य शिक्षा नि:शुल्कगरेको देख्छु 
कर्णाली र सुदुर पश्चिममा हैजाले मान्छे मरेको देख्छु 
धनि र हुने खानेका सन्तानले मात्रै पढेको देख्छु 
तीक्ष्ण र जेहेन्दारहरुका सपना डढेको देख्छु 
खाडीका मरभूमिमा नेपाली राष्ट्रियता जलेको देख्छु
अरुहरुको इशारामा आफ्नै देश चलेको देख्छु 
यति भन्दै गर्दा,
तिमि मलाई राष्ट्रघाती वा देशद्रोही भने पनि भन
म मेरो देशलाई घृणा त गर्ने सक्दिन 
तर छाती फुलाएर गर्व गर्न पनि सक्दिन 
किनकि,
प्रकृति र भूगोल मात्र देश हैन
त्यो भूगोलमा बस्ने मान्छे पनि देश हुन् 
एक जना मान्छे पनि आफैमा देश हो 
 म पनि देश हूँ
त्यसैले,
मलाई म आफैं प्रति पनि गर्व छैन

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !