Pages

Sunday, September 10, 2017

गजल - छोड्नै पर्यो


आधा बाटो हिडेर साथ छोड्नै पर्यो
आँशु पिउदै हाँसेर दिल तोड्नै पर्यो

गन्तब्य थ्यो मेरो कहीं तिम्रो अन्त कहिँ
दोबाटोमा पुग्दा यात्रा मोड्नै पर्यो

थियौ एकल माली तिम्रो मन बागको
गुलाब ढाक्यो ऐंजेरुले गोड्नै पर्यो

न त तिमि एक्ली रह्यौ न त मेरी नै
मैले पनि अन्त नाता जोड्नै पर्यो

तिमि कोहीको म कोहीको भए पछी त
हाम्रो बिचमा सिमा रेखा कोर्नै पर्यो