Pages

Wednesday, July 12, 2017

(मेरा शब्दमा भानुको कान्तिपुरी नगरी)

सब जन लोभी लाल्ची धनको
छन सेता लुगा कालो मनको
रोकिन्न ठगी यहाँ कसैगरी
अमरावती कान्तिपुरी नगरी

दलाल यहिँ दीलदार यहिँ
गरीब यहिँ मालदार यहिँ
चिम्लिन्छ आँखा नदेखे झैँ गरी
अमरावती कान्तिपुरी नगरी

हिलो छ यहिँ धुलो छ यहिँ
जो भ्रष्ट उही ठुलो छ यहिँ
फटाहा जाली छन् वरीपरी
अमरावती कान्तिपुरी नगरी

मिलाउछ काम जो दाम फाल्छ
बिलाउछ यतै जो हाम फाल्छ
बाँचेको टिल्ल शराबी जसरी
अलकापुरी कान्तिपुरी नगरी

Sunday, July 9, 2017

गजल- तश्विर

घोत्लिएर म पाउ-देखि शिर हेर्छु
नाइँ ! ऐना हैन तिम्रो तश्विर हेर्छु

तिमि छौ र त जीवन रंगिन छ
गदगद हुँदै आफ्नो तक्दिर हेर्छु

नछुट्ने गरी कोहि बाँधोस दुबैलाई
कल्पन्छु जब कतै जन्जिर हेर्छु

सबैतिर राता गुलाबै गुलाब छन्
खण्डहरमा नि प्रेमको मन्दिर हेर्छु

बादल पनि तिम्रो आकृति बनाउछ
उन्मुक्त भै जब आकाशतिर हेर्छु

२०७३ असार २५