Pages

Thursday, November 24, 2016

गजल- मान्छे

देउता बन्ने धुनमा ढुंगा बन्छ मान्छे पिधमा प्वाल परेको डुंगा बन्छ मान्छे
सबै चिज कब्जा गर्छु भन्दा भन्दै आफै धागो चुडिएको चंगा बन्छ मान्छे

राख्छ लक्ष फुलै फुलको शहर बसाउने

तर भिरमा ओइलाएको थुंगा बन्छ मान्छे

गर्दै दाबी शुद्द्ताको नमुना हुँ म

यथार्थमा प्रदुषित गङ्गा बन्छ मान्छे

निस्केको थ्यो दुनियाको द्वन्द मिलाउन

आफै भित्र भयानक दंगा बन्छ मान्छे