Pages

Tuesday, January 19, 2016

छोरीको नाममा

 
तिमीले जब मुस्कान छर्दै हेर्दिन्छ्यौ हाँसेर
लाग्दछ यस्तो तिम्लाई हेरौ युगौयुग बाँचेर
कोमल हात उठाई भन्छौ मलाई समात
लाग्दछ यस्तो संसार हेर्न चाहन्छ्यौ मबाट

सम्बाद गर्छ्यौ नबोली सब्द सरल भाषामा
बुझ्दछ बाबा आउछ जवाफ भनेझै आशामा
चल्दछ ओठ निस्कन्छ गुनगुन संगीत बनेर
भन्छुझैँ गर्छ्यौ बुझिने गरी ओबाबा भनेर


हातक औंला समात्छ्यौ च्याप्प छोड्दिन भनेझै
छोडेर जान्छ बाबाले भनी बुझकी बनेझै
मसिनो स्वर निकाली रुन्छ्यौ भनेको नहुदा
रुँदानी राम्री देखिन्छ्यौ छोरी झन् राम्री नरुदा

दुनिया भन्छ चाहिन्छ छोरा बैतर्नी तर्नुछ
अन्त्य हो मृत्यु एउतै चोला संदेश छर्नुछ
बाआमा ज्युदो भएको बेला रुवाउछ्न छोराले
स्राद्दको ढोंग मरेसी खिर खुवाउछन छोराले




छोरीको माया निरन्तर उस्तै कमबेसी नहुने
छोरोको भने बाआमा भेट्न फुर्सदै नहुने
बाआमा भन्दा ठुलोछ तिनलाई नोकरी व्यापार
तैपनि भन्छ समाज हाम्रो छोरा नै अपार

देखाउ छोरी तिमीले अब प्रतिक बनेर
छोरानै ठुलो सोचाई राख्नु गल्तिहो भनेर
यी तिम्रा सकल हातले सेवा गर्नुछ दुखीको
तनमा शक्ति मनमा हाँसो छर्नुछ दुखीको





1 comment:

  1. छोरी जस्तै राम्रो कविता

    ReplyDelete

Thank you very much for your valuable Comments !