Pages

Wednesday, June 6, 2012

सपनीमा आयौ




आफ्नो हक लगाउन सपनीमा आयौ फेरी
सुसुप्त मन जगाउन सपनीमा आयौ फेरी

सामान्यकृत भईसकेथ्यो दिनमा भोक रातमा निन्द्रा
 भोक निन्द्रा भगाउन सपनीमा आयौ फेरी

मन खोलेर नत बोल्ने न हाँसोको शितल र्छर्ने
चुपचाप कुरा चपाउन सपनीमा आयौ फेरी

शिथिल थिए तनका चाह मनका कुना शुन्य त्यस्तै
चिसो देह रपाउन सपनीमा सपनीमा आयौ फेरी

स्मृतिमा त्रि्रो तस्वीर धुमिल हुदै थियो क्यारे
दिलमा याद छपाउन सपनीमा आयौ फेरी

व्यस्ततामा अल्मलिदै तिम्लाई भुल्दै थिएँ सायद
मुखमै नाम जपाउन सपनीमा आयौ फेरी